News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं रेड्सले नेपाल भलिबल लिगमा कर्णाली शिवराजलाई ३-१ सेटले हराउँदै तेस्रो जित हात पारेको छ।
- काठमाडौंले कर्णालीको अपराजित यात्रा तोड्दै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ।
- तेस्रो हारपछि कर्णालीले प्लेअफ पुग्ने निर्णय अन्तिम लिग खेल कुर्नुपर्ने भएको छ।
२४ भदौ, काठमाडौं । काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा काठमाडौंले कर्णालीको अपराजित यात्रालाई ब्रेक लगाउँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको हो ।
कर्णालीको भने लगातार तीन जितपछि यो पहिलो हार हो ।
पहिलो सेट निकै प्रथिस्पर्धात्मक बनेको थियो । जहाँ काठमाडौंले २८-२६ ले आफ्नो पक्षमा पार्दै अग्रता लियो । दोस्रो सेटमा पनि लय कायम राख्दै काठमाडौंले २५-१८ ले सहजै आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनायो ।
तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै कर्णालीले खेलमा फर्किएको थियो । तर काठमाडौंले चाैथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
तेस्रो जितपछि काठमाडौंले कर्णाली समान ८ अंक जोडेको छ । दुवैले समान ४ खेल खेलेका छन् ।
कर्णाली सामु काठमाडौंलाई हराउँदै अन्तिम लिग खेल अघि नै प्लेअफमा स्थान पक्का गर्ने अवसर थियो ।
तर अब कर्णालीले पनि अन्तिम खेल नै कुर्नुपर्ने भएको छ । अन्नपूर्ण स्पाईकर किंग्स ९ अक जोडेर शीर्ष स्थानमा छ ।
त्यसपछि कर्णाली र काठमाडौंको ८-८ अंक छ भने सगरमाथा स्म्यासर्स ७ अंकसहित चाैथो स्थानमा छ ।
अब बिहीबार लिग चरणको अन्तिम तीन खेल हुनेछ र शीर्ष तीनको समिकरण पनि टुङ्गो लाग्नेछ ।
बिहीबारको पहिलो खेल अन्नपूर्ण र सगरमाथाबीच दिउँसो १ बजे हुनेछ । यो खेल जितेमा अन्नपूर्ण सिधै फाइनल पुग्नेछ ।
यस्तै दोस्रो खेलमा कर्णालीले मधेश वारियर्ससँग खेल्नेछ भने काठमाडौं र खप्तड फाल्कन्सबीच तेस्रो खेल हुनेछ ।
प्रतिक्रिया 4