+
+
Shares

प्रहरी भन्दै असुली गर्ने २ जना चन्द्रागिरिबाट पक्राउ

पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चन्द्रागिरी–७ थानकोटको एक स्वास्थ्य क्लिनिकमा प्रहरी हौं भन्दै धम्की दिएर नगद लिएको आरोपमा २ जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा चन्द्रागिरी–२ बसुन्डोलका ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन्।
  • जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध आपराधिक लाभ एक्सटर्सन कसुरमा ४ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

७ असोज, काठमाडौं । प्रहरी हौं भन्दै डर त्रास, धाक धम्की दिई रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन् ।

चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा बिहीबार साँझ अपरिचित मानिसहरू प्रवेश गरी हामी मेडिकलहरू अनुगमन गर्न हिँडेका सादा पोसाकमा खटिएका प्रहरी हौं भनि डर त्रास, धाक धम्की दिई औषधि पसलको काउन्टरबाट नगद समेत लिई भागेको प्रहरीले बताएको छ ।

यो सूचना पाउना साथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर आपराधिक लाभ एक्सटर्सन (ठगी) सम्बन्धी कसुरमा जिल्ला अदाल काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?