१४ असोज, धनगढी । जिल्ला अस्पताल डोटीकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिएका छन् ।
अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका-६ बस्ने ३४ वर्षीय अहेबप्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) सागर बाेहराले बाेगटी शाैचालयमा मृत फेला परेकाे जानकारी दिए ।
उनकाअनुसार शाैचालय गएका बाेगटी लामाे समयसम्म नफर्किएपछि खाेजी गरिएको थियाे ।
साे क्रममा उनी शाैचालयमा मृत भेटिएका हुन् ।
जिल्ला अस्पतालले भने उनी शाैचालयमा अचेत भेटिएको जनाउँदै उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4