+
+
Shares

‘जलाकी’ को नयाँ गीत ‘जाले रुमाल मायालाई’ मा उपासना र सोनमको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १३:४३

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगर निर्देशित फिल्म ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ । गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा सुरेन्द्र रानाको शब्द रचना छ ।

गायक एसडी योगीकै संगीत रहेको गीतका संगीत निर्माता रिकेश गुरुङ हुन् ।

उपासनासिंह ठकुरी र सोनम तोप्देन फिचर्ड गीतमा रत्न बीकेको बाँसुरी, मादल तथा खैंजडीमा मदन रेग्मी, पञ्चेबाजा शिशिर परियार र हेमन्त कान्छा रसाइलीको सारंगी बादन छ ।

गीतमा सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरले नृत्य निर्देशन गरेका छन् । गीतमा अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर, भावना मगर, प्रवेश राईलाई पनि प्रस्तुत गरिएको छ ।

यसअघि ‘चाँदी जलप’ बोलको गीत सार्वजनिक गरिएको थियो । शैलेन्द्र डी. कार्कीले छायांकन गरेको फिल्म ४ मंसिरदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर, राधा थापा र सुस्मिता बुढाथोकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?