Comments Add Comment

सूचना प्रविधि

List Grid
आवाज सुनेर टाइप गर्ने गुगल डक्स, यसरी प्रयोग गर्नुस्

गुगलको नयाँ एप्लिकेसन गुगल डक्सको प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा लगातार बढोत्तरी भइरहेको छ । माइक्रोसफ्ट वर्डजस्तै गुगल डक्समा पनि प्रयोगकर्ताले बेसिक वर्ड प्रोसेसिङ फिचर तथा शर्टकटहरु प्राप्त गर्दछन् । गुगल डक्सको सबैभन्दा ठूलो विशेषता भनेकै के हो भने यसमा किबोर्डविनै अर्थात् बोलेरै टाइप गर्न सकिन्छ । बिल्ट इन भ्वाइस टाइपिङ फिचरसँगै गुगल डक्समा अंग्रेजी, हिन्दी, […]

फेसबुक अकाउन्ट सुरक्षित पार्ने केही टिप्स

फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग प्लाटफर्म हो । विश्वका करोडौँ मानिसहरु फेसबुकको माध्यमबाट आफ्ना साथी तथा परिवारसँग जोडिइरहेका छन् । तथापि पछिल्लो केही समय यता डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न खडा गरेको छ । अनि प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियतालाई लिएर चिन्ता पनि व्यक्त गरिरहेका छन् । […]

कर्णाली प्रदेशमा पनि सुरु भाे एफटीटीएच सेवा

१६ असार, काठमाडौं । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विधिवत् शुभारम्भ भएको छ । सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले विधिवत् रूपमा एफटिटिएच प्रविधि मार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवाको शुभारम्भ गरे । सोही फोनमा सञ्चालित इन्टरनेट […]

फेसबुक र ट्वीटरले लाइसेन्स लिनुपर्ने, भारतले बनाउँदैछ नयाँ कानून

दोस्रोपटक सत्तामा आएसँगै भारतमा मोदी सरकारले सोसल मिडिया कम्पनीहरूमाथि दबाव बढाउने योजनामा छ । प्रयोगकर्ताका डाटा लिक हुने घटनाहरु बेलाबेलामा सार्वजनिक भएपश्चात् भारत सरकारले सोसल मिडिया कम्पनीहरुमाथि प्रयोगकर्ताका डाटाहरु देशभित्रै राख्न दबाव दिने भएको छ । यससम्बन्धमा भारत सरकारले आगामी महिना एउटा कानून ल्याउँदैछ । जसमा सूचना प्रविधिसम्बन्धी कम्पनीका लागि आवश्यक परिवर्तन ल्याउने प्रस्ताव गरिएको […]

१० करोड पटक डाउनलोड भयो गुगल गो

सुपथ मूल्यका स्मार्टफोनका लागि लक्षित गुगल एपको सरलीकृत भर्सन गुगल गो १० करोडपटक डाउनलोड भएको छ । एन्ड्रोइड पुलिसको रिपोर्ट अनुसार गुगल गो गुगल प्ले स्टोरमा १० करोड पटक डाउनलोड हुने गुगलको पछिल्लो एप बनेको छ । सन् २०१७ को डिसेम्बरमा लञ्च भएको गुगल गो सन् २०१८ को सेप्टेम्बरमै १ करोड पटक डाउनलोड भएको थियो […]

दुर्गम क्षेत्रका लक्षित समुदायको सेवामा टेलिकम

१३ असार, काठमाडौं । विकट हिमाली क्षेत्रका साना वस्तीमा उपकरण ढुवानीका लागि मात्र पचासौं लाख खर्च गरी मोबाइल सेवा पुर्‍याएर होस् वा प्रविधिबाट वञ्चित दुर्गम क्षेत्रका विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त उपकरणदेखि सञ्चार सेवा उपलब्ध गराएर होस् नेपाल टेलिकमले संस्थागत सामाजिक दायित्व निर्वाह गर्दै आएको छ । कम्पनीले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुर्‍याउने […]

हुवावे अलग हुँदा गुगलका ८० करोड प्रयोगकर्ता गुम्ने, यस्तो छ हुवावेको तयारी

स्मार्टफोन निर्माता चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकी सरकारको तर्फबाट प्रतिबन्ध लागेसँगै गुगलले पनि हुवावेसँगको सम्बन्धविच्छेद गरेको छ र हुवावेको एन्ड्रोइड लाइसेन्स गत महिना रद्द गरिदिएको छ । यसो हुँदा अब हुवावेले आफ्ना स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ्ग सिस्टम राख्न पाउने छैन । अमेरिकी वाणिज्य विभागले हुवावेलाई एन्टिटी सूचीमा राख्दै अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरापूर्ण रहेका कम्पनीको सूचीमा हुवावेलाई राखेको […]

बिल गेट्स भन्छन्- एन्ड्रोइड खरीद नगर्नु जीवनकै ठूलो गल्ती

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गुगललाई एन्ड्रोइड अपरेटिङ्ग सिस्टम खरीद तथा विकास गर्ने मौका दिनु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । यदि गुगलको एन्ड्रोइड सम्बन्धी योजनाका विषयमा सुरुवातमै पहिचान गर्न सकेको भए माइक्रोसफ्ट अहिले विश्वकै सबैभन्दा ठूलो कम्पनीको रुपमा हुने उनको भनाइ छ । तथापि माइक्रोसफ्टको अहिले पनि जबरजस्त पहिचान कायमै रहेको उनले बताएका […]

नक्कली बिजनेस खातामाथि गुगलको डण्डा, हटायो ३० लाख फर्जी अकाउन्ट

गुगलले गत वर्ष सन् २०१८ मा आफ्नो नक्सा सेवा गुगल म्याप्सबाट ३० लाख भन्दा धेरै फर्जी बिजनेस अकाउन्ट हटाइदिएको छ । गुगलको ब्लग अनुसार ती फर्जी अकाउन्टहरुबाट गुगलका ग्राहकहरु ठगिने जोखिम थियो । गुगलका अनुसार धेरै पटक गुगल म्याप्सको बिजनेस अकाउन्टधारी कारोबारीहरुले धोकेबाजी गरी नाफा कमाउनका लागि स्थानीय रुपमा सूचिकरण समेत गर्दथे । गुगलले आफ्ना […]

क्लिन फिडको विपक्षमा विदेशी च्यानलहरू बन्द

२ असार, काठमाडौं । प्रस्तावित विज्ञापन ऐन २०७६ को व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकहरुले क्लिन फिड लाग्ने विदेशी च्यानल बन्द गरेका छन् । सोमबार दिउँसो ३ बजेबाट क्लिन फिड लागू हुने विदेशी च्यानल सांकेतिक रुपमा बन्द गरिएको हो । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका […]

बढी मोबाइल चलाउँदा खप्परमा पलाउँदैछ ‘सिङ’

काठमाडौं । नयाँ जमानाको रहन सहनले केवल हाम्रो जीवनमा विभिन्न खाले असर मात्र पारेको छैन । त्यसले हाम्रो शरीरको बनावटमा पनि बदलाव ल्याइरहेको छ । पछिल्लोपटक भएको एक नयाँ अनुसन्धान अनुसार मानिसको खप्परको पछिल्लो हिस्सामा सिङजस्तो हड्डी पलाइरहेको छ भने मानिसको पाखुराका हड्डी पनि कमजोर हुँदै गएका छन् । मानव शरीरका हड्डीमा भैरहेको यस्तो परिवर्तन […]

धनकुटामा पनि टेलिकमको एफटीटीएच सेवाको शुरुवात

८ जेठ, काठमाडौं । नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको शुरुवात धनकुटामा पनि गरेको छ । कम्पनीले गत शुक्रबार एफटीटीएच अर्थात फाइबर टु द होम सेवाको औपचारिक शुभारम्भ गरेको हो । धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत […]

हुवावेको उत्पादनमा शतप्रतिशत पैसा फिर्ताको ग्यारेन्टी

८ असार, काठमाडौं । नेपालका लागि हुवावे स्मार्टफोनको वितरकले हुवावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एपहरू तथा फेसबुक चल्न नसक्ने भन्ने चिन्ताहरूका माझ यदि ती एपहरू आˆनो फोन वा ट्याब्लेटमा नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी दिलाएको छ । यो प्रत्याभूतिले हुवावे स्मार्टफोनका प्रयोगकर्ताहरूले विभिन्न गुगल एपहरू जस्तै जिमेल, गुगल प्ले, गुगल म्यापहरू, यूट्युब, क्रोम […]

२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला, २३ वटा फाइलबाट डाटा चोरियो

अमेरिकी अन्तरीक्ष संस्था नासामाथि साइबर हमला भएको छ । नासाको जेट प्रपल्सन ल्याबोरेटरी (जेपिएल) को प्रणालीमा डाटा चोरीको घटना सार्वजनिक भएको हो । त्यसक्रममा ५ सय मेगाबाइट डाटा चोरी भएको पनि खुलासा भएको छ । विभिन्न २३ वटा फाइलहरुबाट ती डाटाहरु चोरी गरिएको हो । नासामाथिको उक्त साइबर आक्रमण कसले गरेको हो भन्ने पहिचान हुन […]

चीनबाट ताइवान सर्न एप्पललाई आग्रह

आइफोन एसेम्बल गर्ने एप्पलको मूख्य पार्टनरमध्येको एक फक्सकोनले आइफोन उत्पादन कारखानालाई चीनबाट बाहिर सार्न अनुरोध गरेको छ । फक्सकोनका संस्थापक टेरी गोले आइफोनको उत्पादनलाई चीनाबट बाहिर सार्न एप्पललाई प्रोत्साहित गरिरहेको बताइएको छ । कम्पनीका शेयर होल्डरहरुको बैठकलाई सम्बोधन गर्दै गो ले भनेका छन्, ‘मैले चीनबाट ताइवानमा सर्नका लागि एप्पलाई भनेको छु । यो निकै सम्भव […]

एप्सबाट हुने आम्दानीमा एप्पल अगाडि, गुगलको हिस्सा कति ?

प्रविधि जगतका दुई दिग्गज कम्पनी एप्पल र गुगलबीच तिव्र प्रतिस्पर्धा छ । मोबाइल एपहरुको मामिला जब आउँछ, गुगलभन्दा एप्पल केही कदम अघि रहँदै आएको छ । चाहे त्यो एपहरुको गुणस्तर होस् वा एप स्टोरको गोपनियता अनि एपहरुको संख्या, सबै मामिलामा एप्पल अगाडि छ । एप रिसर्च कम्पनी सेन्सर टावरको पछिल्लो रिपोर्ट अनुसार एपबाट हुने आम्दानीको […]

विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या झण्डै ८ अर्ब पुग्यो

विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ । इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो । सन् २०१९ को पहिलो ३ महिनामा विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ४ करोड ४० लाखले वृद्धि भएको छ । पछिल्लो एक वर्षमा […]

विश्वको महत्वपूर्ण ब्रान्डको र्‍याङकिङमा माथि उक्लियो हृवावे

४ असार, काठमाडौं । हृवावेले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको छ । डब्लुपीपीको रिसर्च आर्म क्यान्टरले प्रकाशन गरेको ब्रान्डजेडको वाषिर्क सबैभन्दा बढी महत्त्वपूर्ण ग्लोबर ब्रान्डस् स्टडीमा हृवावे गत वर्षभन्दा एक स्थानमाथि उक्लिदैँ ४७औँ स्थानमा पुगेको छ । साथै ब्रान्ड भ्यालुमा पनि ८ प्रतिशतले वृद्धि भएको छ । हृवावे पी […]

टेक्नोलोजीको दुनियाँमा परिवर्तन ल्याउने ५ नयाँ फिचर्स

प्रविधिको जब कुरा हुन्छ, तब हार्डवेयर र सफ्टवेयरको कुरा एकैसाथ आउँदछ । यद्यपि, सफ्टवेयरको क्षेत्रमा निकै तीव्र गतिमा परिवर्तन र विकास भैरहेको हुन्छ । कम्पनीहरु अपडेटको रुपमा नयाँ नयाँ सफ्टवेयर फिचर्स ल्याउने कुरामा केन्द्रित भैरहेका हुन्छन् । समकालीन प्रविधिको दुनियामा केही त्यस्ता नयाँ फिचरहरु आउँदै छन् जसले प्रविधि जगतमा व्यापाक प्रभाव पार्ने हैसियत राख्दछन् । […]

बच्चाको लागि युट्युब कसरी सुरक्षित बनाउने ?

अनलाइनमा भिडियोहरु हेर्नका लागि युट्युब सबैभन्दा लोकप्रिय प्लेटफर्म हो । निकै लोकप्रिय तथा सरल हुनुका कारणले बच्चाबच्ची किशोर किशोरीसम्म सबै उमेरका मानिसहरु युट्युबमा झुम्मिने गर्दछन् । युट्युबमा अनेक खालका भिडियोहरु राखिएका हुन्छन् । कतिपय भिडियोहरु बालबालिकाका लागि अशोभनीय तथा हानिकारक पनि हुन सक्दछन् । हुन त युट्युबको किड्स भर्सन पनि छ । तथापि यसमा समेत […]

असार ९ र १० गते नेपाली टेलिभिजनमा विदेशी च्यानल बन्द

२ असार, काठमाडौं । प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् । यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले […]