Comments Add Comment

सूचना प्रविधि

List Grid
टेलिकमको एफटीटीएचमा थप सुविधा, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने

७ साउन, काठमाडौं । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम -एफटीटीएच) सेवालाई साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ । यस अघि जडान भएका तथा नयाँ जडान […]

अटोपप अप क्यामरा र अल्ट्रा फुलभ्यू डिस्प्लेका साथ ह्वावेको ‘वाई नाइन प्राइम २०१९’

यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरूमा व्यापक सफलता पश्चात् सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ह्वावेले पप–अप क्यामरा भएको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा सार्वजनिक गरेको छ । ह्वावे वाइ नाइन प्राइम २०१९सिरिज अन्तर्गत पप–अप क्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमा उपलब्ध छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य […]

अब युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने, अब कम खर्च हुनेछ डाटा

भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल पि्रमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । यो नयाँ फिचर अनुसार अब युट्युब म्युजिकको पि्रयिम […]

‘फेसएप’ प्रयोग गर्नेहरु सावधान ! यसकारण छ खतरनाक

अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर नै फेस एपले तहल्का मच्चाइरहेको छ । सोसल मिडियामा फेसएपका तस्वीर अन्धाधुन्ध पोष्ट भैरहेका छन् । यो एपले कुनैपनि व्यक्तिको तस्वीरलाई कृत्रिम तरिकाले बुढो मानिसको अनुहारको रुपमा बदलिदिन्छ । म बुढो हुँदा कस्तो हुँला ? भन्ने उत्सुकता सबै तन्नेरीहरुमा […]

के चन्द्रमामा मान्छे पुगेको कुरा झुटो थियो ?

सन् १९६९ मा पहिलोपटक चन्द्रमामा मानव पाइला टेकिएको दुर्लभ दृश्यको प्रसारण लाखौँ मानिसहरुले हेरे । तर अहिले पनि केही मानिसहरु यो मान्न तयार छैनन् कि चन्द्रमामा कोही मानिस पुगेको छ । उनीहरुको जिकिर के छ भने मानिसले कहिल्यै पनि चन्द्रमामा पाइला टेकेको छैन । अमेरिकी अन्तरीक्ष संस्थाको एक रिपोर्ट अनुसार अमेरिकामा सयमा ५ जना मानिसहरु […]

अनलाइनमा पोर्न हेर्नु पृथ्वीको लागि खतरा !

काठमाडौं । अनलाइनमा पोर्न सामाग्रीहरु हेर्नु पृथ्वीको लागि ठूलो खतरा बनेको छ । विश्वभर अनलाइनमा हुने पोनोग्राफीको स्टि्रमिङ्गका कारण युरोपेली देश बेल्जियमले उत्सर्जन गर्ने बराबरको कार्बन डाइअक्साइड ग्यासको उत्सर्जन हुने गरेको छ । अर्थात् बेल्जियमले जति कार्बन डाइअक्साइड उत्पादन गर्दछ, विश्वभर हुने पोनोग्राफी स्ट्रिमिङ्गबाट पनि त्यति नै मात्रामा पोनोग्राफीको उत्सर्जन हुने गरेको छ । फ्रान्सस्थित […]

हुवावेको नयाँ अपरेटिङ सिस्टम, युरोपेली युनियनमा दर्ताको निवेदन

काठमाडौं । चिनियाँ दिग्गज कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ । हुवावेले नयाँ अपरेटिङ सिस्टमको हार्मोनी नामक ब्राण्डलाई दर्ताको निवेदन दिएको हो । हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग हुनेछ । हुवावेले जुलाई १२ मा दिएको निवेदनमाथि इयूको […]

फोन व्यस्त नराख्न दूरसञ्चार प्राधिकरणकाे आग्रह

२९ असार, काठमाठौं । नेपाल दूरसञ्चार प्राधिकरणले बाढी पहिरोले प्रभावित क्षेत्रमा उद्दारमा महत्वपूर्ण साधन टेलिफोन नेटवर्क व्यस्त नराख्न आग्रह गरेको छ । प्राधिकरणका अनुसार अविरल वर्षा र त्यसपछि आएको बाढीले प्रदेश नं १ र २ मा अप्टिकल फाइबर चुडिएको तथा विद्यूत आपूर्ति नहुँदा ठूलो संख्यामा बीटीएस टावर बन्द भएका छन् । यस अवस्थामा प्राधिकरणले वैकल्पिक […]

के कपडा धुन जरुरी छ ? कि झट्कारे मात्र पुग्छ ?

काठमाडौं । ‘सामान्य रुपमा जिन्दगीमा एक नियम हुनुपर्दछ, यदि तपाइँलाई कुनै चिज सफा गर्नु आवश्यक छैन भने त्यसलाई सफा गर्नु हुँदैन ।’ फेसन डिजाइनर स्टेला म्याकार्टनीले द अब्जर्भर पत्रिकासँग दिएको अन्तर्वार्तामा यो कुरा बताएकी छिन् । लण्डनस्थित चर्चित कपडा ब्राण्ड कम्पनी सेभिल रोमा काम गर्दाका बखत आफुले त्यो कुरा सिकेको उनी बताउँछिन् । उनका अनुसार […]

फेसबुकमाथि लाग्यो ५ अर्ब डलर जरिवाना

काठमाडौं । अमेरिकी नियमकले फेसबुकलाई ५ अर्ब डलर जरिवना गर्न अनुमति दिएको छ । अमेरिकी मिडियामा प्रकाशित खबरहरुका अनुसार डेटा गोपनियता उल्लंघन गरेको मुद्दामा यो जरिवाना तिराउन अनुमति दिइएको हो । केम्ब्रिज एनालिटिकाले फेसबुकबाट ८ करोड ७० लाख प्रयोगकर्ताको तथ्यांक प्राप्त गरेको मुद्दामा फेडरल ट्रेड कमिसन (एफटीसी)ले अनुसन्धान गरिरहेको छ । द वाल स्ट्रीट जर्नलका […]

३ महिनामा बिके ६ करोड ३० लाख थान कम्प्युटर

काठमाडौं । विश्व कम्प्युटर बजारमा पछिल्लो छाएको मन्दी केही हट्ने संकेत देखिएको छ । झण्डै आधा वर्षसम्म गिरावट झेलिरहेको पर्सनल कम्प्युटर बजारमा पछिल्लो त्रैमासिकमा चाहीँ १ दशमलव ५ प्रतिशतको बढोत्तरी देखिएको छ । सन् २०१९ को दोश्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जूनसम्मको अवधिमा विश्व बजारमा ६ करोड ३० थान पर्सनल कम्प्युटर बिक्री भएका छन् । यो […]

टिकटकले लियो ज्यान, भिडियो बनाउँदा तालमा खसेर मृत्यु

पछिल्लो समय टिकटक निकै लोकप्रिय भैरहेको छ र टिकटकमा झुम्मिनेहरुको संख्या बढिरहेको छ । तर टिकटकको लत बढेसँगै यसले पार्ने समस्याहरुमा पनि बढोत्तरी भैरहेको छ । टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ । घटना भारतको हो । टिकट भिडियो बनाउने क्रममा भारतको हैदरवादमा एकजनाको मृत्यु भएको छ । टिकटक भिडियो बनाउने क्रममा तालमा […]

ट्वीटरमा नयाँ नियम, धर्ममा आधारित अमानवीय ट्वीटमा बन्देज

माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन नयाँ नियम लागू गरेको छ । ट्वीटरमा अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो । आफ्नो यो नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ । ट्वीटरले भनेको छ, ‘नयाँ लागू भएको […]

एकैपटक ९३० विद्यालयमा अत्याधुनिक कम्प्युटर प्रयोगशाला

२४ असार, काठमाडौं । दूरसञ्चार प्राधिकरणले ९ सयभन्दा बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (ल्याब) स्थापना गर्ने भएको छ । यसका लागि गरिएको टेन्डरमा ३ वटा कम्पनीले इच्छा देखाएका छन् । आइटी ल्याब स्थापनाका लागि आँखु इन्टरप्राइजेज प्रालि, बालाजु, वल्र्ड डिष्ट्रिब्यूसन नेपाल काठमाडौं र ओब्सी, म्याक्स, नेपाको जेभीले इच्छा देखाएका हुन् । तीनै कम्पनीको आर्थिक […]

फोल्डेबल स्मार्टफोन अहिले नै आउन गाह्रो, कारण यस्तो छ

बजारमा तहल्का पिट्नका लागि स्मार्टफोन निर्माता कम्पनीहरुले केही नितान्त नौलो आविष्कार उपभोक्ता समक्ष ल्याउनु पर्दछ । त्यसैले आगामी दिनमा स्मार्टफोनको बजार पिट्ने प्रविधि भनेकै फोल्डेबल स्मार्टफोन हुने अपेक्षा धेरैको छ । पछिल्ला दिनहरुमा स्मार्टफोन निर्माता कम्पनीहरुले लञ्च गर्ने नयाँ संस्करणका स्मार्टफोनहरुले बजारमा ठूलो तरङ्ग सिर्जना गर्न सकिरहेका छैनन् । विद्यमान मोडेलमा केहीमात्र परिवर्तन गरी थपथाप […]

प्रभु टीभीले सुरु गर्‍यो मोबाइलमा टीभी हेर्ने सेवा

२४ असार, काठमाडौं । नेपालको अग्रणी बिजनेस ग्रुप प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा सुरु गरेको छ । टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको यो समूहले अब इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने सेवा सुरु गरेको छ । प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी अब ग्राहकले मोबाइल, ट्याबलेट […]

फेसबुक तथा गुगलमाथि फ्रान्सले लगायो कर

फ्रान्सको तल्लो सदनले गुगल, फेसबुक तथा अमेजनजस्ता ठूला इन्टरनेट कम्पनीहरु माथि कर लगाउने कानून पारित गरेको छ । करको दर न्यून रहेका युरोपेली मुलुकहरुमा कार्यालय खडा गरी अन्य मुलुकहरुमा कर छली गर्ने ठूला बहुराष्ट्रिय कम्पनीहरुको चलाखीलाई रोक्नका लागि यो नयाँ कानून प्रभावकारी हुने अपेक्षा गरिएको छ । स्मरणरहोस् गुगल, फेसबुक तथा अमेजनलगायतका बहुराष्ट्रिय कम्पनीहरुले फ्रान्समा […]

अनावश्यक इमेलहरु आफैं डिलिट हुने, यसरी गर्नुहोस् जिमेलको सेटिङ्ग

काठमाडौं । जिमेल अहिले सबैभन्दा धेरै प्रयोगकर्ता भएको गुगलको इमेल सेवा हो । जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यस्ता कैयन् फिचरहरु उपलब्ध गराउँदै आएको छ, जसका बारेमा धेरै सामान्य प्रयोगकर्ताहरुलाई थाहै नहुन सक्दछ । धेरैजसो सामान्य प्रयोगकर्ताहरु जिमेलको प्रयोग इमेल तथा अट्याचमेन्ट पठाउन वा प्राप्त गर्नका लागि मात्र गर्ने गर्दछन् । प्राविधिक उन्नयन तथा डिजिटल मार्केटिङको […]

किन घट्यो सामसुङको नाफा ? ३ महिनामा साढे ५ अर्ब मुनाफा

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङको मुनाफामा उल्लेखनीय रुपमा कमी आएको छ । सन् २०१९ को दोश्रो त्रैमासिकको रिपोर्ट अनुसार यो अवधिमा सामसुङले जम्मा ५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको रकम मात्र मुनाफा कमाउन सफल भएको छ । यो अवधिमा सामसुङका ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, एस टेन इ लगायतका फ्लागसीप स्मार्टफोन लञ्च […]

के कारणले अकस्मात अवरुद्ध भयो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ?

सोसल मिडिया साइटहरु फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप बुधबार विश्वभरी नै एकाएक अवरुद्ध हुनपुग्यो । विश्वका विभिन्न देशहरुमा प्रयोगकर्ताले यी सोसल मिडिया एपहरु राम्रोसँग नचलेको गुनासो गरे । यद्यपि, यी एपहरु पूर्णरुपमा बन्द नभै कतिपय फिचरहरुमा समस्या देखिएको थियो । खासगरी तस्वीर तथा भिडियोहरु लोड नहुने समस्या देखा परेको थियो । यो समस्या फेसबुकको एप तथा […]

आवाज सुनेर टाइप गर्ने गुगल डक्स, यसरी प्रयोग गर्नुस्

गुगलको नयाँ एप्लिकेसन गुगल डक्सको प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा लगातार बढोत्तरी भइरहेको छ । माइक्रोसफ्ट वर्डजस्तै गुगल डक्समा पनि प्रयोगकर्ताले बेसिक वर्ड प्रोसेसिङ फिचर तथा शर्टकटहरु प्राप्त गर्दछन् । गुगल डक्सको सबैभन्दा ठूलो विशेषता भनेकै के हो भने यसमा किबोर्डविनै अर्थात् बोलेरै टाइप गर्न सकिन्छ । बिल्ट इन भ्वाइस टाइपिङ फिचरसँगै गुगल डक्समा अंग्रेजी, हिन्दी, […]