+
+
Shares

अनलाइन सपिङ स्टोर सफिड्रप सञ्चालनमा

नेपाली बजारमा उपभोक्ता र व्यवसायीलाई लक्षित गरी एमएसपी सलुसनले सफिड्रप नामक अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। एमएसपी सलुसनका अध्यक्ष रोशन भुसालका अनुसार सफिड्रपले व्यवसायी र उपभोक्तालाई डिजिटल बजारमा जोड्छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते ८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा उपभोक्ता र व्यवसायीलाई लक्षित गरी एमएसपी सलुसनले सफिड्रप नामक अनलाइन सपिङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
  • व्यवसायीले आफ्नो ड्यासबोर्डबाट डिजिटल वालेटसमेत जोड्न सक्नेछ।
  • उपभोक्ताले सोफीड्रपमा साइनअप गरेर कम्पनी छनोट गरी सामान किन्न सक्नेछ।

२५ जेठ, काठमाडौं । प्रविधिको प्रयोग बढ्दैजाँदा नेपाली बजारमा विभिन्न अनलाइन सपिङहरू खुलिरहेका छन् । यो सँगै नेपाली बजारमा उपभोक्ता र व्यवसायीलाई लक्षित गरी एमएसपी सलुसनले सफिड्रप नामक अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

यो प्लेटफर्मले अनलाइन सपिङलाई सहज बनाउने लक्ष्य राखेको छ। एमएसपी सलुसनका अध्यक्ष रोशन भुसालका अनुसार सफिड्रपले व्यवसायी र उपभोक्तालाई डिजिटल बजारमा जोड्छ।

उनले भने, ‘अनलाइन कारोबारले व्यवसायीको सञ्चालन खर्च कम गर्छ। अहिले अधिकांश प्लेटफर्मले उच्च कमिसन लिइरहेको गुनासो सुनिन्छ । तर हामीले सफिड्रपमा यो समस्या कम गर्न नयाँ शैली अपनाएका छौँ।’

व्यवसायीले सफिड्रपडटकममा साइनअप गरी आफ्नो व्यवसायको विवरण राख्नुपर्ने छ। कम्पनीले भेरिफाइ गरेपछि प्याकेज छनोट गर्न सकिने व्यवस्था गरिएको अध्यक्ष भुसालले बताए ।

उनका अनुसार न्युनतम प्याकेजमा १५० प्रकारका सामान बिक्री गर्न मासिक १,००० रुपैयाँ लाग्छ, जुन अहिले निःशुल्क छ।

‘प्रिमियम प्याकेजमा २,५०० भन्दा बढी प्रकारका सामान बिक्री गर्न मासिक ६,००० रुपैयाँ लाग्छ। विभिन्न ७ प्रकारका प्याकेमध्ये न्यूनतम बाहेक अन्य प्याकेजमा ५०प्रतिशत छुट छ,’ उनले भने, ‘सामान बिक्रीको २.५प्रतिशत बजार व्यवस्थापन र ०.५प्रतिशत उपभोक्ताको रिवार्ड प्वाइन्टका लागि लिइन्छ। यो ०.५ प्रतिशत रकम उपभोक्ताले पछि सामान किन्दा प्रयोग गर्न सक्छन्। यो शुल्क महिनाको अन्त्यमा संकलन हुन्छ।’

सामान बिक्री भएपछि व्यवसायीको खातामा तुरुन्तै पैसा जम्मा हुने उनको दावी छ । व्यवसायीले आफ्नो ड्यासबोर्डबाट डिजिटल वालेटसमेत जोड्न सक्ने उनको भनाइ छ ।

न्यून शुल्कका कारण उपभोक्तालाई सामानको मूल्य सस्तो पर्ने उनले बताए । ‘प्रत्येक खरिदमा ०.५ प्रतिशत रकम रिवार्ड प्वाइन्टका रूपमा जम्मा हुन्छ, जुन पछि सामान किन्दा प्रयोग गर्न सकिन्छ।’ उनले भने ।

उपभोक्ताले सोफीड्रपमा साइनअप गरेर कम्पनी छनोट गरी सामान किन्न सक्ने र कम्पनीको ठेगाना हेरेर नजिकै गएर पनि सामान किन्न सकिने उनको भनाइ छ ।

‘हामीले व्यवसायीको गुनासो सुनेर यो प्लेटफर्म बनाएका हौँ। सामान बिक्री भएको लामो समयपछि पैसा आउने समस्यालाई रियलटाइम भुक्तानीले समाधान गरेका छौँ।’ कम्पनीका अध्यक्ष भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?