+
+
Shares

मानसरोवर दूरदर्शन जाने बाटोमा भेटिए वनघोडाका बथान (तस्वीरहरू)

नरजन तामाङ नरजन तामाङ
२०८२ जेठ २१ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको लिमी उपत्यका पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदैछ।
  • विकट भौगोलिक अवस्थाका बाबजुद, पर्यटकहरूले यसलाई \'स्वर्ग\'को रुपमा वर्णन गर्छन्।
  • अध्ययनले ६ दिनमा ७२० वटा वनघोडा भेटिएको पुष्टि गरेको छ।

२१ जेठ, हुम्ला (लिमी) । हुम्लाको हिमाली क्षेत्र नाम्काको लिमी उपत्यका पर्यटकी क्षेत्रका रुपमा विकास भइरहेको छ ।

भौगोलिक रुपमा विकट भएकोले त्यहाँ पुग्न अप्ठेरो छ। तर, पुगेर फर्किनेहरूले लिमी भ्यालीलाई ‘स्वर्ग’को रुपमा बयान गर्छन् ।

उपत्यका, त्यहाँका बस्ती र हिउँको दृश्यले पर्यटकलाई लोभ्याउँछ । यसका साथै उपत्यकामा ठूलो संख्यामा भेटिने हिमचितुवा, चौरी र वनघोडाले पनि पर्यटकलाई आकर्षित गर्छन् ।

यो समयमा लिमी उपत्यका आसपासमा ५/७ सय वनघोडाका बथान भेटिन्छन् । वन घोडा पाइने लिमी क्षेत्र नाम्खा गाउँपालिका-६ मा पर्छ ।

वनघोडा ३८०० देखि ५००० मिटर उचाइमा भेटिन्छन् । नाम्खाको लुङलिङ्ग (३८००) देखि लिमी लाप्चा (५००० मिटर) मा वनघोडा भेटिएका हुन् ।

अध्ययन अनुसार ६ दिनको अवधिमा त्यहाँ ७२० वटा वनघोडा भेटिएका छन् । उकाली प्रोजेक्टका रिन्जिन फुन्जोक लामाले आफूहरूले अध्ययन गरेको बताए ।

यो बाटो मानसरोवर-कैलाश दूरदर्शन गर्न जाने बाटो हो । नाम्खा गाउँपालिकामा ठूलो मात्रमा हिउँचितुवा पनि भेटिने गरेका छन् ।

सबै तस्वीरहरु : नरजन तामाङ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?