
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले सामाजिक विकास मन्त्रालयको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सूचना सामग्री र संरचना पहुँचयुक्त बनाउने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्यो।
- कार्यक्रममा बागमती प्रदेशका मन्त्रालय र स्थानीय तहका प्रतिनिधिहरू सहभागी थिए र प्रमुख अतिथि गोपाल प्रसाद कंडेलले सबै सेवा र संरचना पहुँचयुक्त बनाउन जोड दिए।
- सामाजिक विकास मन्त्रालयले समावेशी वातावरण बनाउन प्रतिबद्धता व्यक्त गर्दै, कार्यक्रमले अधिकार र सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरियो।
२४ जेठ, हेटौंडा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले सामाजिक विकास मन्त्रालयको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सूचना सामग्री र भौतिक संरचना पहुँचयुक्त बनाउने विषयमा १ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रममा बागमती प्रदेशका विभिन्न मन्त्रालय तथा मकवानपुर जिल्लाका स्थानीय तहका सूचना प्रविधि र प्राविधिक शाखाका प्रतिनिधिहरू सहभागी थिए।
महासंघका प्रदेश अध्यक्ष उपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालय हेटौंडाका प्रमुख गोपाल प्रसाद कंडेल प्रमुख अतिथि थिए। उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि सबै सेवा, सूचना र संरचना पहुँचयुक्त बनाउनुपर्नेमा जोड दिए।
सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारीले सरकार अपाङ्गता मैत्री नीति, योजना र बजेटमार्फत समावेशी वातावरण बनाउन प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा महासंघका उपाध्यक्ष शारदा पौडेल, सचिव यमप्रसाद सुवेदी, र गण्डकी प्रदेशका प्रदेश व्यवस्थापक अरुण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। सहजीकरण अरुण श्रेष्ठले गरेका थिए।
श्रेष्ठका अनुसार यस्ता कार्यक्रमले अधिकार, सशक्तिकरण र समावेशीतामा सहयोग पुर्याउने विश्वास लिइएको छ।
प्रतिक्रिया 4