+
+
Shares

के नोकियाले जस्तै गल्ती एप्पलले गर्दैछ ?

एजेन्सी एजेन्सी
२०८२ साउन ७ गते १३:३२

के एप्पलले पनि नोकियाले विगतमा गरेको जस्तै गल्ती गरिरहेको छ ? विश्व प्रविधि जगतमा यस्तो खालको चर्चा अहिले व्यापक रुपमा हुने गरेको छ । यसो हुनुको एउटा कारण हो, एआई ।

एउटा समय थियो जब विश्वभर नोकिया कम्पनीका मोबाइल फोनको आधिपत्य थियो । चाहे जेम्स बन्डको फिल्म होस् वा कुनै आम मानिसको गोजी नै किन नहोस्, नोकियाको कुनै न कुनै मोडेलको फोन राखिएकै हुन्थ्यो ।

समयक्रमसँगै बजारमा एप्पलको आईओएसमा चल्ने आइफोन र गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोनहरुको प्रवेश भयो । तत् पश्चात् नोकियाले केही समयसम्म सिम्बियन अपरेटिङ सिस्टममा आफ्नो स्मार्टफोन बजारमा ल्यायो । अन्य स्मार्टफोन कम्पनीहरू एन्ड्रोइडमा गइसकेको अवस्थामा नोकिया आफ्नै अपरेटिङ सिस्टममा अडिरह्यो । पछि समय यस्तो आयो, नोकिया पनि एन्ड्रोइडमै जानुपर्‍यो । तर, नोकिया एन्ड्रोइडमा जाँदासम्म दुनियाँले नोकियालाई भुलिसकेको थियो ।

एप्पलले पनि दोहोराउँदैछ नोकियाको गल्ती ?

यस्तोमा स्वभाविक रुपमा प्रश्न उठ्छ कि के एप्पलले पनि नोकियाले गरेको त्यहीँ गल्ती दोहोराइरहेको छ ? स्मार्टफोन प्रविधिमा आर्टिफिसियल इन्टेलिजेन्सको आबद्धता तीव्र रुपमा बढिरहेको परिप्रेक्ष्यमा यस्तो सवाल उठ्न थालेको हो ।

अहिले अधिकांश स्मार्टफोनहरुमा गुगलको जेमिनाइ एआई उपलब्ध हुने गरेको छ । सामसुङले पनि एक कदमअघि बढेर गुगल जेमिनाईको आबद्धतालाई अर्को तहमा पुर्‍याइदिएको छ । तर, आइफोनमा भने यस्तो सुविधा छैन ।

आइफोन निर्माता एप्पल अझै पनि आफ्नो एआई योजनालाई लिएर द्विविधाग्रस्त नै देखिन्छ । कम्तिमा पनि आम स्मार्टफोन प्रयोगकर्ताको दिमागमा एप्पलप्रतिको धारणा यस्तै छ । सामसुङ लगायतका अन्य एन्ड्रोइड स्मार्टफोनमा जेमिनाइ एआईको इन्टिग्रेसन भैसकेको छ । तर आइफोनमा अझै पनि एउटा परिपक्व एआईको अभाव खड्किरहेको छ ।

अपूर्ण छ एप्पल इन्टेलिजेन्स

एप्पल कम्पनीले आफ्नो एआईको रुपमा एप्पल इन्टेलिजेन्स ल्याएको त छ तर यो धेरै हदसम्म अधुरो तथा अपूर्ण लाग्दछ । यस्तो लाग्दछ कि एप्पललाई एआईको दौडमा पछाडि पार्ने डरले सताइरहेको थियो र सोही त्रासका कारण उसले हतार हजारमा एप्पल इन्टेलिजेन्स ल्याएको हो । गुगलको जेमिनाइले एप्पल इन्टेलिजेन्सले भन्दा निकै उत्कृष्ट ढंगले धेरै काम गर्दछ ।

हालै भएको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्समा एप्पलले आफ्नो अपरेटिंग सिस्टमको नयाँ संस्करण आईओएस २६ को घोषणा गर्‍यो । तर, उक्त नयाँ अपडेटमा पनि कुनै पनि नयाँ कुरा देखिएन । धेरैजसो अपडेटहरु यस्ता थिए जो एन्ड्रोइड प्रयोगकर्ताले लामो समयदेखि प्रयोग गरिरहेका छन् । त्यस्तै केही फिचर यस्ता पनि थिए जसलाई जेमिनाइको माध्यमबाट एन्ड्रोइड फोनमा राखिसकिएको थियो । एप्पलले सिरीको अपडेटका लागि भने आगामी वर्ष सन् २०२६ को समय तय गरिसकेको छ ।

इदि तपाईंले आइफोनमा उपलब्ध एआई प्रयोग गर्नुहुन्छ भने त्यस्तो अनुभव तपाईंलाई च्याट जिपिटी एपमा पनि प्राप्त हुन्छ । अर्थात् एप्पलले यस्तो केही पनि नयाँ दिएको छैन, जसले प्रयोगकर्तालाई अनुभूति दिलाउन सकोस् कि आइफोनले अरुभन्दा बेग्लै कुरा अफर गरिरहेको छ । जबकि एन्ड्रोइडले आफ्नो भर्चुअल एसिस्टेन्टको रुपमा रहेको गुगल एसिस्टेन्टलाई एआई प्लाटफर्म जेमिनाइबाट प्रतिस्थापन गरिसकेको छ ।

चुनौतीको रुपमा पूरानो मोडेलका आइफोन

हुनत आईओएसमा एप्पल इन्टेलिजेन्सको सशुल्क संस्करण खरिद गर्दा केही थप फिचरहरू प्राप्त हुन्छन् । तथापि बजारमा लामो समयसम्म पुरानो संस्करणका फोनहरु पनि प्रयोगमा रहिरहनु एप्पलका लागि ठूलो चुनौतीका रुपमा रहेको छ । जबकि एप्पल इन्टेलिजेन्स फिचर केवल आइफोन १५ प्रो मोडेल पछिका आइफोनमा मात्रै उपलब्ध छ ।

बजारमा भने अहिले पनि आइफोन १३, आइफोन १४ तथा अइफोन १५ सिरिजका फोनहरू बिक्री भइरहेका छन् । कम मूल्य हुने भएकाले प्रयोगकर्ताहरू पुरानो मोडेलका आइफोनहरुतर्फ आकर्षित हुने गरेका छन् । यस्तोमा एप्पल इन्टेलिजेन्स आम मानिससम्म पुग्नका लागि आइफोन १६ सिरिज पनि पुरानो हुनुपर्नेछ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?