
News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले आईओएस २६, नयाँ डिजाइन, स्मार्ट फिचर्स र गोपनीयता सुधारसहित लन्च गरेको छ।
- मुख्य आकर्षण लिक्विड ग्लास एप आइकन र एआई फिचर्स हुन्, जसले प्रयोगकर्ताको अनुभव सुधार गर्छ।
- नयाँ अपडेटले फोन एप, मेसेजिङ, र गेम्स एपमा नयाँ सुविधाहरू थप गरेको छ।
काठमाडौं । अमेरिकी कम्पनीले एप्पलले बहुप्रतिक्षित आईओएस २६ लन्च गरेको छ । यसलाई एप्पलमा आएको ठूलो बदलाव मानिएको छ । यसमा शानदार नयाँ डिजाइन, स्मार्ट फिचर्स र पहिलेका एप्समा तुलनात्मक सुधार गरिएको छ । यो अपडेट आइफोन प्रयोगकर्तालाई लुक्समा मात्र होइन गोपनीयताको हिसाबले पनि राम्रो हुने बताइएको छ ।
आईओएस २६ को मुख्य आकर्षण हो लिक्विड ग्लास । यो एक पारदर्शी एप आइकन हो, जसले विजेट्स र सिस्टमलाई जिवन्त बनाउँछ । यो नयाँ लुक्सको अनुभव लक स्क्रिन, होमस्क्रिनदेखि लिएर पूरै आईफोनमा गर्न सकिन्छ ।
उदाहरणका लागि लक स्क्रिनले वालपेपरको आधारमा घडीको आकारलाई तरल रुपमा बदलिन्छ । यदि प्रयोगकर्ताले डिभाइसलाई हल्लाएमा सानो थ्रीडी इफेक्टसँग जोड्दछ ।
यसमा एन्ड्रोइड फोनमा जस्तो ब्याट्री पूरा चार्ज हुन कति समय लाग्छ भन्ने पनि देख्न पाइने छ ।
यसैगरी क्यामरा जस्तो एप्समा एक सजिलो लेआउट दिइएको छ ताकि क्याप्चर गर्दा ध्यान केन्द्रित गर्दछ । यसैगरी सफारीको नयाँ डिजाइनले वेबपेजलाई एक किनारदेखि अर्को किनारसम्म फैलाउँछ र कन्टेन्ट सजिलोसँग हेर्न–पढ्न सकिन्छ ।
एप्पल एआई फिचर्स
एप्पल इन्टेलिजेन्स (एआई) अब पूरै अपरेटिङ सिस्टमा सामेल गरिएको छ । यसबाट प्रयोगकर्ताले थोरै मिहिनेतमा धेरै काम गर्न सक्ने दाबी गरिएको छ ।
अक्षर र बोली दुबैमा लाइभ ट्रान्सलेसन समावेश गरिएको छ । यसबाट कुराकानी गोप्य र छिटो हुने दाबी गरिएको छ ।
च्याट जीपीटीमार्फत् स्क्रिनमा भएका कुराहरु सोध्न पनि मिल्छ ।
नयाँ फोन एप
आइफोन एपमा एक ठूलो अपडेट पनि छ, जसमा फेभरेट््स, रिसेन्ट् र भ्वाइसमेललाई एउटै स्क्रोल गर्नयोग्य विन्डोमा राखिएको छ ।
एनहान्स्ड कल स्क्रिनिङ र नयाँ होल्ड असिस्ट फिचर पनि छ । यसले अनिच्छित कललाई कम गर्न र लाइभ एजेन्ट तयार भएपछि सूचित गर्न मद्दत गर्ने छ । यसबाट कल ह्यान्डिलिङमा उल्लेख्य सुधार आउने विश्वास छ ।
मेसेजहरूमा अब अज्ञात कन्ट्याक्टको स्क्रिनिङ सुविधा छ, जसले स्पाम हटाउन थप नियन्त्रण प्रदान गर्छ । प्रयोगकर्ताले उनीहरूसँग अन्तरक्रिया गर्ने निर्णय नगर्दासम्म अपरिचित कन्ट्याक्टहरूलाई अलग फोल्डरमा राखिन्छ ।
आईओएस २६ मा नयाँ एप्पल गेम्स एप पनि उपलब्ध हुनेछ, जुन आइफोनमा सबै गेमिङका लागि एउटा केन्द्रीय हब हुनेछ । यो एपले ब्उउभि ब्चअबमभ र एप स्टोरबाट शीर्षकहरू संकलन गर्छ, साथीहरूको गतिविधि, उपलब्धिहरू र चुनौतीहरू ट्र्याक गर्छ र मुख्य इभेन्टहरू तथा अपडेटहरू अगाडि ल्याउँछ । यसले खेलाडीहरूका लागि गेमहरू फेला पार्न र तिनीहरूको मजा लिन पहिलेभन्दा अझ सजिलो बनाउने बताइएको छ ।
प्रतिक्रिया 4