
News Summary
Generated by OK AI. Editorially reviewed.- स्नेहाज केयरले साउन १० गते काठमाडौंको बौद्धस्थित उत्पला क्याफेको प्रांगणमा ५औं काठमाडौं भेज फेस्ट आयोजना गर्न लागेको छ।
काठमाडौँ । पशु कल्याणका क्षेत्रमा विगत एक दशक देखि विभिन्न कार्यहरू गर्दै आइरहेको स्नेहाज केयरले ‘काठमाडौं भेज फेस्ट’ को आयोजना गर्ने भएको छ ।
स्नेहाज केयरले यही आउँदो साउन १० गते शनिबार भेन फेस्टको आयोजना गर्न लागेको संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन् ।
स्नेहाज केयरले गर्न लागेको यो ५औँ भेज फेस्टको हो । अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रम काठमाडौंको बौद्धस्थित उत्पला क्याफेको प्रांगणमा हुँदैछ ।
वनस्पतिमा आधारित परिकारहरूको प्रचार-प्रसार गर्ने र वनस्पतिमा आधारित खाना र जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको श्रेष्ठले बताइन् । ‘महोत्सव निकै नै रमाइलो हुनुका साथै विभिन्न स्टलहरूमा विभिन्न किसिमका स्वस्थकर र स्वादिष्ट भिगान परिकारहरूको स्वाद लिन पाउनुहुनेछ’ अध्यक्ष श्रेष्ठले भनिन् ।
श्रेष्ठका अनुसार महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनका साथै विक्री वितरण हुनेछ । उक्त कार्यक्रमलाई सफल बनाउन भिगन रेस्टुरेन्ट, भिगन सामग्रीको विक्रेताहरूले पनि स्टल राख्दैछन् ।
आयोजकका अनुसार महोत्सवमा विभिन्न १३ भन्दा बढी भिगन रेस्टुरेन्ट, भिगान परिकार उत्पादकहरू, विभिन्न आकर्षक गरगहना राखिने छ । त्यसैगरी अर्गानिक कृषि उपज तथा ह्यान्डिक्राफ्ट, पशु कल्याण संस्थाहरू, योग तथा दर्शन लगायतका सामग्रीहरू तथा जानकारीमूलक गरी ९० भन्दा धेरै स्टलहरू रहनेछन् । उक्त महोत्सवमा लबिङ हर्ट, सो भेगन, भेगन हाउस, हाम्रो भेगन, सारा बेक्स भेगन, अलोइज ह्याप्पी, भेगन फुड एण्ड वेवरेजलगायत रेष्टुरेन्टहरूले स्टल राख्दैछन् ।
त्यस्तै महोत्सवमा भिगन जीवनशैलीसँग सम्बन्धित जानकारीहरू प्राप्त गर्नुका महोत्सवलाई भव्य र मनोरञ्जनात्मक बनाउनका लागि लाइभ म्युजिक, नृत्य प्रस्तुति, बालबालिकाहरूका निम्ति विभिन्न विधामा गरिएको प्रतिस्पर्धाको पुरस्कार वितरण लगायतका कार्यक्रमहरू समेत राखिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4