News Summary
Generated by OK AI. Editorially reviewed.- जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका र देशका अधिकांश स्थानमा पूर्णरुपमा मौसम खुल्ने अवस्था नरहेको जनाएको छ।
- पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलको न्यून चापीय प्रणालीले मौसम प्रभावित भएको महाशाखाले खुलाएको छ।
- कोशी प्रदेश र तराईका केही स्थानमा मेघ गर्जनसहित वर्षा र पश्चिमी भूभागमा हावाहुरीको सम्भावना रहेको छ।
२९ वैशाख, काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पूर्णरुपमा मौसम खुल्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको असर अधिकांश स्थानमा देखिएकाले पूर्णरुपमा मौसम खुल्ने अवस्था नरहेको हो ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनले बेला–बेला घाम लागे पनि मौसम भने पूर्ण रुपमा खुल्न केही दिन लाग्ने जानकारी दिइन् ।
कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भाग हल्का वर्षा र तराईका क्षेत्रमा भने केही स्थानमा भने मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । देशको पश्चिम भूभागतर्फ वर्षा क्रमश कम हुँदै जाने पूर्वानुमान छ ।
महाशाखाका अनुसार मंगलबार र बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा भने आंशिक बादल लाग्नेछ ।
पश्चिमी वायुका कारण देशका केही स्थानमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया 4