+
+
Shares

घरको छत, भित्ता तथा सतहमा लेउ, ढुसी जमेको छ ? हटाउने ३ घरेलु उपाय

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षाको मौसम र ओसले घरको छत, भित्तामा लेउ तथा ढुसी जम्ने समस्या बढाउँछ, जसले घरलाई नराम्रो देखिनुका साथै स्वास्थ्य समस्या निम्त्याउँछ।
  • ढुसी हटाउन कागती, नुन र भिनेगरको घोल, डिटर्जेन्ट र तातो पानीको घोल, र टी ट्री आयल र पानीको स्प्रे जस्ता घरेलु उपाय प्रभावकारी र सुरक्षित छन्।

प्रायः वर्षाको मौसम र ओसले हाम्रो घरको छत, भित्ता र बरन्डामा लेउ तथा ढुसी जम्ने मुख्य कारण बन्छ । यो हरियो÷कालो ढुसीले घर नराम्रो देखिनुका साथै भित्तालाई हानि पुर्‍याउँछ । यसले सतह चिप्लो बनाउँछ, जसले लड्ने खतरा बढाउँछ । ढुसीले घरको भित्ताका लागि हानिकारक हुनुका साथै यो स्वास्थ्य समस्याको कारण पनि बन्न सक्छ ।

बजारमा ढुसी हटाउन धेरै प्रकारका रासायनिक क्लिनरहरू उपलब्ध छन् । तर, ती महँगा हुन्छन् र तिनमा कडा रसायनहरू हुन्छन्, जुन वातावरण र छालाका लागि सुरक्षित मानिँदैनन् । यदि घरको छत, भित्ता वा बारान्डा ढुसीले फोहोर भएको छ भने यसलाई हटाउने घरलु उपाय अपनाउन सकिन्छ । यी ३ प्रभावकारी, सजिलो र सुरक्षित घरेलु उपाय अपनाएर ढुसी र लेउलाई हटाउन सकिन्छ ।

ओस र पानीको सम्पर्कमा आउँदा छत, भित्ता र बारान्डामा ढुसी जम्ने सामान्य समस्या हो । यसलाई सफा गर्न यी प्रभावकारी र सुरक्षित घरेलु उपायहरू अपनाएर हटाउन सकिन्छ ।

१. कागती, नुन र भिनेगरको घोल

यी तीनवटा सामग्रीको मिश्रणबाट शक्तिशाली घोल बन्छ, जुन ढुसी हटाउनमा अत्यन्त प्रभावकारी हुन्छ । कागती र भिनेगरको अम्लीय गुणले ढुसीका कोशिकालाई तोड्छ, जब कि नुनको खस्रोपनले रगड्नमा सहयोग गर्छ । यसका लागि २ चम्चा कागतीको रस, १ चम्चा नुन, १ कप सेतो भिनेगर, १ कप पानी, एउटा कचौरा, कडा ब्रश वा स्क्रबर चाहिन्छ ।

-एउटा कचौरामा कागतीको रस र नुन मिसाएर बाक्लो पेस्ट बनाउने ।

-अर्को कचौरामा सेतो भिनेगर र पानी बराबर मात्रामा मिसाएर पातलो घोल तयार गर्ने ।

-सबैभन्दा पहिले, कागती र नुनको बाक्लो पेस्टलाई ढुसी भएको ठाउँमा राम्ररी लगाउने ।

-यसलाई ५–१० मिनेटसम्म छोड्ने ता कि कागतीको अम्ल र नुनको खस्रोपनले ढुसीलाई नरम बनाओस् ।

-अब, भिनेगरको घोललाई पेस्ट लगाएको ठाउँमा स्प्रे गर्ने वा खन्याउने ।

-कडा ब्रश वा स्क्रबरको सहायताले राम्ररी रगडेर ढुसी सफा गर्ने । अब ढुसी सजिलै हटेर जानेछ । त्यसपछि, सतहलाई सफा पानीले राम्ररी धुने ।

२. डिटर्जेन्ट र तातो पानीको घोल

यदि ढुसीको तह हल्का छ वा चिल्लो भएर जम्मा भएको छ भने, डिटर्जेन्ट र तातो पानीको घोल सजिलो र प्रभावकारी उपाय हो । यसका लागि तातो पानी, डिटर्जेन्ट वा डिशवास लिक्विड, बाल्टी, ब्रश वा कुचो चाहिन्छ ।

-एउटा बाल्टीमा तातो पानी लिने ।

-त्यसमा कुनै पनि लुगा धुने डिटर्जेन्ट वा डिशवास लिक्विड मिसाएर राम्ररी घोल बनाउने ।

-यो घोललाई ढुसी भएको ठाउँमा सिधै स्प्रे गर्ने वा ब्रशले लगाउने ।

-यसलाई ५–१० मिनेटसम्म छोड्ने जसले गर्दा डिटर्जेन्टले फोहोर र चिल्लोपनालाई नरम बनाओस् ।

-अब कडा ब्रश वा कुचोको सहायताले ढुसी रगडेर हटाउने ।

अन्तमा, सतहलाई सफा पानीले राम्ररी धुने ।

डिटर्जेन्टमा भएको सर्फेक्टेन्टले फोहोर र चिल्लोपनालाई तोड्न मद्दत गर्छ, जसले ढुसी सतहबाट सजिलै अलग हुन्छ । तातो पानीले यसको प्रभावकारिता बढाउँछ ।

३. टी ट्री आयल र पानीको स्प्रे

टी ट्री आयल एक प्राकृतिक एन्टी–फंगल र एन्टीमाइक्रोबियल तत्व हो, जुन हल्का ढुसीका लागि धेरै प्रभावकारी हुन्छ । यसले बिस्तारै काम गर्छ तर ढुसीको वृद्धिलाई स्थायी रूपमा रोक्छ । टी ट्री आयल, पानी र स्प्रे बोतलको सहायताले ढुसी हटाउन सकिन्छ ।

-एउटा स्प्रे बोतलमा एक कप पानी लिने ।

-त्यसमा १०–१५ थोपा टी ट्री आयल मिसाउने र राम्ररी मिश्रण गर्ने । यो मिश्रणलाई ढुसी भएको ठाउँमा राम्ररी छर्कने ।

-छर्केपछि यसलाई सुक्न दिने ।

-यो प्रक्रियामा तुरुन्तै रगड्न वा धुन आवश्यक हुँदैन ।

-टी ट्री आयलले बिस्तारै ढुसीको वृद्धिलाई रोक्छ र अन्त्य पनि गर्छ ।

टी ट्री आयलमा भएका प्राकृतिक यौगिकहरूले ढुसी र मोल्डको विकासलाई रोक्छन् र बिस्तारै तिनलाई समाप्त गर्छन् । यसको गन्धले कीराहरूलाई पनि टाढा राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?