+
+
Shares

भारतका उपराष्ट्रपति जगदीप धनखडले दिए राजीनामा

राजीनामा पत्रमा उनले लेखेका छन्,‘स्वास्थ्यको प्राथमिकता र चिकित्सकको सल्लाह पालना गर्दै मैले भारतको उपराष्ट्रपति पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते २३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्।
  • ७४ वर्षीय धनखडको कार्यकाल १० अगष्ट सन् २०२७ सम्म थियो ।
  • मनसुन सत्र चलिरहेको बेला राजीनामा दिने धनखड भारतको पहिलो उपराष्ट्र्रपति हुन् ।

५ साउन, काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन दुई वर्ष बाँकी छँदै उपराष्ट्रपति धनखडले सोमबार राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिनुमा स्वास्थ्यको कारण देखाएका छन् । उनी ७४ वर्षका छन् । उनको कार्यकाल १० अगष्ट सन् २०२७ सम्म थियो ।

राष्ट्रपति द्रौपदी मुर्मुलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्,‘स्वास्थ्यको प्राथमिकता र चिकित्सकको सल्लाह पालना गर्दै मैले भारतको उपराष्ट्रपति पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको छु ।’

उनले आफूलाई हालसम्म सहयोग गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिँदै प्रधानमन्त्री एवम् मन्त्रिपरिषद सदस्यप्रति आभार व्यक्त गरेका छन् ।

सन् २०२२ मा जगदीप धनखडले भारतको १४ औं उपराष्ट्रपतिको रुपमा शपथग्रहण गरेका थिए ।

सन् २०२२ को अगस्ट ६ मा भएको उपराष्ट्रपति निर्वाचनमा उनले विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई हराएका थिए ।

अहिले भारतमा मनसुन सत्र चलिरहेको छ । उपराष्ट्रपति भारतको राज्यसभाको सभापति हुने संवैधानिक व्यवस्था छ । मनसुन सत्र चलिरहेको बेला राजीनामा दिने धनखड पहिलो भारतीय उपराष्ट्र्रपति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?