News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा गरेको कानेखुसीको दृष्य संसदीय रेकर्डबाट हटाउन माग गरेको छ।
- एमाले सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले साइड टक गरेको भन्दै संसदीय नियमापत्ति गरेका छन्।
- बरालले प्रधानमन्त्रीको राष्ट्रिय पोशाक नपत्याउने विषयमा सभामुखमार्फत रुलिङको माग गरेका छन्।
२८ वैशाख, काठमाडौं । नेकपा एमालेले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गरेको कानेखुसीको दृष्य संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यसक्रममा प्रधानमन्त्रीले साइड टक गरेको भनेर एमालेका सांसद गुरुप्रसाद बरालले त्यसप्रति नियमापत्ति गरेका हुन् ।
‘राष्ट्रपतिको टोटल सम्बोधनको करिब १५ मिनेट फ्रन्ट लाइनमा बसेर प्रधानमन्त्रीज्यूले के संवाद गरिरहनुभएको थियो ? के छलफल गरिरहनुभएको थियो ? यो संसदीयले नसुआउने र अस्वभनीय भएको हुनाले रेकर्डबाट त्यो चिजलाई डिलिट गरियो भने पछिका लागि नजिर सही बस्नेछ’ सांसद बरालले भने ।
नीति तथा कार्यक्रम बाचन गरेकोमा राष्ट्रपति पौडेललाई धन्यवाद दिन बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद बरालले यस्तो बताएका हुन् ।
साथै सांसद बरालले प्रधानमन्त्री बालेनको पोशाकलाई लिएर समेत प्रश्न उठाए ।
‘प्रधानमन्त्रीज्यूले दुइटा राष्ट्रिय महत्वका बैठकहरू, संयुक्त सदनमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन ?’ उनले प्रश्न गरे । चलन त्यसै नचल्ने र चलाएपछि चलन चल्ने भन्दै उनले थपे, ‘हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा ? म सभामुख महोदयमार्फत यस विषयमा रुलिङको माग गर्दछु ।’
प्रतिक्रिया 4