+
+
Shares

ट्रिपल-फोल्ड स्मार्टफोन ल्याउँदै सामसुङ, हुनेछ ठूलो डिस्प्ले र स्लिम डिजाइन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसुङले सन् २०२५ मा ट्रिपल-फोल्ड स्मार्टफोन ल्याउने तयारी गरेको छ।
  • फोनको मुख्य विशेषता तीनवटा स्क्रिन र १० इन्चको ट्याबलेट जस्तो अनुभव हो।
  • यसले प्रतिस्पर्धात्मक बजारमा नयाँ प्रविधि र डिजाइन प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

स्मार्टफोन प्रविधिमा अग्रणी कम्पनी सामसुङले फोल्डेबल फोनको क्षेत्रमा नयाँ युगको सुरुवात गर्न लागेको छ। कम्पनी छिट्टै ट्रिपल-फोल्ड अर्थात् तीनवटा स्क्रिनलाई दुईपटक मोड्न मिल्ने स्मार्टफोन बजारमा ल्याउने तयारीमा छ। यो फोनले नयाँ डिजाइन र विशेषतासहित फोल्डेबल प्रविधिमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।

कस्तो हुनेछ डिजाइन ?

सामसुङ ग्यालेक्सी त्चष्उभि–ँयमि को सबैभन्दा विशेष पक्ष भनेकै यसको ट्रिपल फोल्डिङ डिजाइन हो। यो फोनलाई दुई पटक मोड्न सकिने छ र यसका तीनवटा स्क्रिनलाई अनफोल्ड गर्दा करिब १० इन्च (९.९६ इन्च) को एउटै ठूलो स्क्रिन प्राप्त हुनेछ। यसले मोबाइलमा ट्याबलेटको जस्तो अनुभव दिनेछ ।

फोल्ड गर्दाचाहिँ ६.५४ इन्चको कभर डिस्प्ले देखिनेछ, जुन सामान्य स्मार्टफोनझैं प्रयोग गर्न सकिने छ। फोन स्लिम र स्टाइलिस हुनेछ।

फास्ट चार्जिङ सपोर्ट

चिनियाँ थ्री सी प्रमाणीकरणमा प्राप्त डेटा अनुसार यस फोनमा २५ वाट को फास्ट तारयुक्त चार्जिङ सुविधा हुनेछ। यद्यपि कम्पनीको पछिल्लो नीति अनुरुप यो फोनलाई सामसुङले यो फोनलाई चार्जर बिना नै बेच्न सक्ने सम्भावना समेत रहको बताइएको छ ।

यो फोनको तौल २९८ ग्राम हुने दाबी ग्रिएको छ । जसका कारण यो अन्य सामान्य स्मार्टफोन भन्दा केही गह्रौँ लाग्न सक्छ। तथापि यसको ठूलो स्क्रिन र फोल्ड गर्ने प्रविधिका कारण यो तौल स्वाभाविक मान्न सकिन्छ।

वावेसँग प्रतिस्पर्धा

सामसुङको यस ग्यालेक्सी ट्रिपल-फोल्ड स्मार्टफोनले सिधै चिनियाँ कम्पनी वावेको मेट एक्सटीसँग सँग प्रतिस्पर्धा गर्नेछ ।

तर, अमेरिकी प्रतिबन्धका कारण वावेको बजार सीमित रहेकाले ट्रिपल–फोल्ड फोनमा सामसुङले लाभ उठाउन सक्नेछ । हालसम्म सामसुङले यस ट्रिपल–फोल्ड फोनको औपचारिक लञ्च मिति घोषणा गरिसकेको छैन। तर यहीँ वर्ष सन् २०२५ मै सामसुङको ट्रिपल–फोल्ड फोन बजारमा आउने अपेक्षा गरिएको छ ।

संक्षेपमा सामसुङको ग्यालेक्सी ट्रिपल–फोल्ड फोनका विशेषता यी हुनेछन् :

  • डुअल हिन्ज डिजाइन
  • ९.९६ इन्चको मुख्य स्क्रिन (अनफोल्ड हुँदा)
  • ६.५४ इन्च कभर डिस्प्ले (फोल्ड हुँदा)
  • २५वाट फास्ट चार्जिङ सपोर्ट
  • स्लिम डिजाइन, तौल २९८ ग्राम
  • चार्जर बिना नै आउने सम्भावना

वास्तवमा सामसुङ ग्यालेक्सी ट्रिपल–फोल्ड केवल एउटा स्मार्टफोन मात्र हुनेछैन, यो फोल्डेबल प्रविधिमा नयाँ अध्याय पनि हुनेछ । साथै स्मार्टफोनको प्रयोगमा केही फरक अनुभव खोजिरहेका प्रविधि प्रेमी ग्यालेक्सी फोन प्रयोगकर्ताका लागि एक आकर्षक विकल्प बन्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?