+
+
Shares

नयाँ साइबर हमला : एप्पलले पठायो डेढ सय देशका आइफोन प्रयोगकर्तालाई चेतावनी सन्देश

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १८:१६

काठमाडौं । एप्पलले हालै विश्वभरका १ सय भन्दा धेरै देशमा रहेका आइफोन प्रयोगकर्ताहरुलाई एउटा गम्भीर चेतावनी सन्देश पठाउँदै आइफोनहरुमा मर्केनरी स्पाइवेयर अर्थात् भाडाका जासूसी भाइरसले आक्रमण गरेको जनाएको छ ।

खासगरी हाइटेक साइबर आक्रमणको सम्भावित निसाना बन्नसक्ने प्रयोगकर्ताहरुालई यस्तो चेतावनी सन्देश पठाइएको एप्पलले पुुष्टि गरेको छ ।

यस्तो साइबर हमला आम रुपमा सरकारहरुद्धारा खरीद गरिएका निजी जासूसी सफ्टवेयरका माध्यमबाट गरिन्छ । सजिलो शव्दमा भन्नुपर्दा यो यसअघिको पेगासस भाइरस आक्रमण जस्तै हो । गतवर्ष जुलाईमा पनि एप्पलले यस्तै खालको अलर्ट पठाएको थियो ।

को छन् निशानामा ?

एप्पलका अनुसार यस्तो आक्रमण निकै सटिक हुन्छ । अर्थात् प्रयोगकर्ताहरुलाई उनीहरुको पहिचान, पेशा वा सामाजिक राजनीतिक गतिविधिहरुको आधारमा निशाना बनाइन्छ न कि जथाभावी छनोटबाट ।

हालै नेदरल्याण्डका दक्षिणपन्थी विश्लेषक इवा भ्लार्डिंगरब्रुक र इटालियन पत्रकार चिरो पेल्लेग्रिनोले एप्प्लको तर्फबाट आफूहरुलाई त्यस्तो चेतावनी सन्देश प्राप्त भएको बताएका छन् ।

एप्पलले पठाएको मेसेजमा भनिएको छ ः हामीले तपाइँको आइफोन विरुद्ध एउटा लक्षित मर्सिनरी स्पाइवेयर आक्रमण पत्ता लगाएका छौँ । यो हमला सम्भवतः तपाइँ को हो वा के गर्नुहुन्छ भन्ने आधारमा गरिएको हो । भलै हामीले शत प्रतिशत पुष्टि गर्न सक्दैनौँ तर हामीलाई यस चेतावनीप्रति पूर्ण भरोसा छ । कृपया यसलाई गम्भीरतापूर्वक लिनुहोला ।

एप्पलको एक आधिकारिक थ्रेट नोटिफिकेसन सिस्टमको माध्यमबाट त्यस्ता प्रयोगकर्ताहरुलाई चेतावनी पठाउँछ जसमाथि अत्यन्तै उच्चस्तरको प्रविधिजन्य साइबर आक्रमणको खतरा हुन्छ । यदि त्यस्तो आक्रमण पत्ता लागेमा प्रयोगकर्तालाई तीन तरिकाले सूचना दिइन्छ ।

जसमा एप्पलको वेबसाइटमा साइनइन गर्दाखेरी देखिने सूचना, इमेलद्धारा पठाइने सूचना तथा आइ मेसेज एपमा नोटिफिकेसनको माध्यमबाट पठाइने सूचना गरी तीनवटा माध्यम रहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?