News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०१० मा सार्वजनिक भएको आइफोन ४ अहिले न्यून फिचर र सरल प्रयोगका कारण युवाहरूमा लोकप्रिय बन्दै गएको छ।
आजको व्यस्त जीवनशैली र स्मार्टफोनमा निरन्तर बजिरहने नोटिफिकेशनबाट धेरै मानिस आजित भैसकेका छन् । यही कारणले गर्दा धेरै युवाहरू पुरानो समयको सादगीतर्फ आकर्षित हुन थालेका छन् । जसका कारण सन् २०१० मा सार्वजनिक भएको एप्पलको आइफोन ४ पुनः चर्चा र आकर्षणको केन्द्र बनेको छ ।
यद्यपि युवाहरूले यो पूरानो आइफोनलाई यसको शक्ति, परफर्मेन्स वा अत्याधुनिक फिचरका खातिर रोजेका होइनन् । बरू न्यून फिचर र सरल प्रयोगले दिने मानसिक शान्तिका कारणले नै उनीहरूलाई यस्ता पुराना फोनतर्फ आकर्षित गरिरहेको छ।
पुरानो आइफोनको बढ्दो लोकप्रियता
सोसल मिडियामा अहिले धेरै प्रयोगकर्ताहरूले आइफोन ४ बाट खिचिएका तस्बिरहरू सेयर गर्दै त्यसलाई नयाँ फ्ल्यागशिप स्मार्टफोनहरूसँग तुलना गरिरहेका छन्। नयाँ फोनहरूले अत्यन्तै स्पष्ट र उच्च रिजोलुसनयुक्त तस्बिर खिच्ने हुँदा आइफोन ४ बाट खिचिएका तस्बिर हरू केही धमिला र पूराना देखिन्छन् । तर यस्ता खालका तस्बिरमै वास्तविक अनुभूति र भावनात्मक गहिराइको अनुभूति हुने प्रयोगकर्ताहरूको तर्क छ। जसका कारणले गर्दा कतिपयले आइफोनलाई नै नयाँ डिजिटल क्यामेरा समेत भन्न थालेका छन् ।
गुगल सर्चमा १ हजार प्रतिशतको वृद्धि
आइफोन ४ को उक्त नोस्टाल्जिया ट्रेन्डको प्रभाव बजारमा पनि स्पष्ट देखिएको छ । गुगल ट्रेन्ड्सका अनुसार आइफोन ४ किन्ने चाहना राख्दै गुगल सर्चमा यस विषयमा सर्च गर्नेहरूको संख्या करिब १ हजार प्रतिशतले बढेको छ । ई–कमर्स प्लेटफर्म इबेमा फोन अत्यन्तै महँगो मूल्यमा विक्री भइरहेको छ । खासगरी अझै पनि आफ्नो वास्तविक प्याकिङमै रहेका आइफोन ४ को माग र मूल्य दुवै तीव्र रूपमा बढिरहेको देखिन्छ ।
विज्ञहरूको चेतावनी
आइफोन ४ प्रतिको यस्तो अप्रत्यासित आशक्तिको ट्रेन्ड चर्चामा रहे पनि विज्ञहरूले भने यसबारे सावधानी अपनाउन आग्रह गरेका छन् । टेक रिसाइकलिङ प्लेटफर्म कम्पेयर एण्ड रिसाइकलका चिफ प्रोडक्ट अफिसर ली एलियटका अनुसार पुराना स्मार्टफोन प्रयोग गर्नु सुरक्षाको हिसाबले निकै जोखिमपूर्ण हुन सक्छ । उनका अनुसार आइफोन ४ चलाउँदा फोनमा आफ्नो डेटा सुरक्षित छैन भन्ने कुरा प्रयोगकर्ताले बुझ्नुपर्छ ।
एलियटले स्पष्ट रूपमा चेतावनी दिँदै आइफोन ४ मा कुनै पनि व्यक्तिगत जानकारी राख्न नहुने बताएका छन्। साथै यो फोनमा कुनै एपमा लगइन गर्नु पनि जोखिमपूर्ण हुन्छ ।
आइफोन ४ ले आइओएस ७.१.२ अपरेटिङ सिस्टमसम्म मात्रै सपोर्ट गर्दछ, जुन सन् २०१४ मा आएको थियो । अर्थात् करिब एक दशकभन्दा बढी समयदेखि यो आइफोनमा फोनमा कुनै पनि सुरक्षा अपडेट उपलब्ध छैन ।
सामान्यतया एप्पलले कुनै डिभाइसको विक्री बन्द भएको करिब ७ वर्षपछि त्यसलाई अब्सोलेट अर्थात् प्रयोगयोग्य नभएको सूचीमा राख्छ । यस्ता डिभाइसलाई न त कम्पनीको आधिकारिक सपोर्ट प्राप्त हुन्छ न त मर्मत सेवा वा स्पेयर पार्ट्स नै पाइन्छन् ।
एजेन्सी
प्रतिक्रिया 4