६ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन वितरण गर्ने निर्णय नगरेको दाबी गरेका छन् ।
मन्त्रीहरुलाई आईफोन दिन लागेका समाचार आएपछि मन्त्री तिमिल्सिनाले खण्डन गर्दै यो भ्रामक भएको भन्दै प्रश्न गरेका छन्, ‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?’
उनले कुनै पनि कुरा साझा गर्नुअघि स्रोत र विश्वसनियता सुनिश्चत गर्न सुझाव पनि दिएका छन् ।
उनले यो सरकार हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ दाबी गर्दै नागरिकको करको पैसाको दुरूपयोग नगर्ने बताएका छन् । उनले जनताको हरेक रुपैयाँको मूल्य आफूहरुले अनुभूत गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4