+
+
Shares

फिनल्याण्डले बनायो बालुवाको ब्याट्री, स्वच्छ ऊर्जा प्रविधिमा नयाँ फड्को

फिनल्याण्डले बालुवाबाट ब्याट्री तयार गरेको छ । त्यो कुनै साधारण ब्याट्री होइन, १३ मिटर अग्लो टावर हो । जसमा २ हजार टन बालुवा भरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते २०:४८

काठमाडौं । युरोपेली मुलुक फिनल्याण्डले एउटा यस्तो अनौठो प्रविधिको विकास गरेको छ, जसले सबैलाई आश्चर्यचकित मात्र पारेको छैन हरित ऊर्जाको क्षेत्रमा नयाँ सम्भावनाको ढोका समेत खोलेको छ ।

फिनल्याण्डले बालुवाबाट ब्याट्री तयार गरेको छ । त्यो कुनै साधारण ब्याट्री होइन, १३ मिटर अग्लो टावर हो । जसमा २ हजार टन बालुवा भरिएको छ ।

यो प्रविधि केवल सस्तो मात्र छैन, पर्यावरणका लागि समेत फाइदाजनक छ । यदि यो प्रविधि पूर्णरुपमा सफल भएमा यसले विश्वभर ऊर्जाको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने पक्का छ । साथै भविष्यमा लिथियम ब्याट्रीलाई बालुवा ब्याट्रीले प्रतिस्थापन गर्ने सम्भावना रहनेछ ।

आखिर यो बालुवा ब्याट्रीले कसरी काम गर्छ ? अनि यसको फाइदा के हुनसक्छ त ?

फिनल्याण्डको यो नयाँ बालुवा ब्याट्री विद्यमान लिथियम ब्याट्रीभन्दा नितान्त फरक छ । यसमा बालुवालाई ऊर्जा संग्रह गर्नका लागि प्रयोग गरिन्छ । जब हावा वा सूर्यबाट विजुली उत्पादन हुन्छ तब त्यो अतिरिक्त ऊर्जालाई बालुवामा हालिन्छ । त्यस प्रक्रियामा बालुवालाई ६ सय डिग्री सेल्सियससम्म तताइन्छ ।

सो तापमान बालुवामा महिनौँसम्मका लागि सुरक्षित रहन्छ, तातेलाई स्टोर गरेर राखेजस्तै । आवश्यक परेको बेलामा उक्त तातोलाई निकालेर घर वा उद्योगहरुमा ताप प्रदान गर्नका लागि प्रयोग गर्न सकिन्छ ।

सस्तो तथा टिकाउ प्रविधि

इो ब्याट्रीको सबैभन्दा ठूलो विशेषता भनेको यसको निकै सस्तो लागत नै हो । यसका लागि महंगो लिथियम वा जटिल उपकरणहरुको आवश्यकता पर्दैन । बालुवा एक सस्तो तथा सहज रुपमा प्राप्त हुने पदार्थ हो । जसलाई टावरमा भरेर प्रयोग गर्न सकिन्छ ।

यो प्रविधि लामो समयसम्म चल्दछ । यसको निर्माता कम्पनीका अनुसार यो ब्याट्री तपाइँको फोन वा त्यसको आगामी संस्करण भन्दापनि धेरै समयसम्म का मगर्दछ । यसबाट पनि थाहा हुन्छ कि यो पर्यावरणका लागि समेत सुरक्षित र दिगो छ ।

यो प्रविधिलाई तापक्रमलाई भण्डारण गरी ऊर्जाको उत्तम प्रयोग गर्नमा सहयोग गर्दछ । जाडो याममा जब हावा तथा सूर्यको ऊर्जा कम हुन्छ, त्यसबेला सो बालुवाबाट ताप निकालेर घरलाई न्यानो राख्न सकिन्छ । यसबाट कोइला तथा तेलजस्ता प्रदुषक जिवाश्म इन्धनहरुको आवश्यकता कम हुनेछ ।

फिनल्याण्डलाई सन् २०३५ सम्म कार्वन तटस्थताको लक्ष्य पूरा गर्नका लागि यो ब्याट्रीले सहयोग गर्नेछ। साथै यो प्रविधिले कार्वन उत्सर्जनलाई पनि निकै कम गर्नसक्छ ।

कसरी तयार पारियो ?

यो बालुवा ब्याट्रीको टावर फिनल्याण्डको पोर्नाइनेन सहरमा निर्माण गरिएको छ । यसमा २ हजार टन बालुवा भरिएको छ जुन सोपस्टोन नामक चट्टानबाट बनेको छ । उक्त बालुवालाई तताउनका लागि सौर्य तथा वायुऊर्जाको प्रयोग गरिन्छ ।

सो टावरलाई विशेष तरिकाले बनाइएको छ ताकि यसबाट ताप बाहिर ननिस्कियोस् र लामो समयसम्म कायम रहोस् । यो परियोजना फिनल्याण्डको पोलार नाइट इजर्नी कम्पनीले अघि बढाएको हो, जसले नयाँ ऊर्जा प्रविधिको क्षेत्रमा काम गरिरहेको छ ।

यो बालुवा ब्याट्री लागतमा सस्तो तथा सहज हुनुका कारणले गर्दा विश्वभर यसको प्रयोग हुनसक्नेछ । लामो समयसम्म चिसो मौसम हुने र तताउने ऊर्जाको खपत धेरै हुने देशहरुमा यो ब्याट्री निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

यो प्रविधिलाई अझै परिस्कृत गरी विद्युत उत्पादन गर्नमा पनि प्रयोग गर्न सकिने सम्भावना छ । विज्ञहरुका अनुसार यदि यो सफल भएमा यसले पारम्परिक ब्याट्री प्रविधिलाई परिवर्तन गर्नेछ र नवीकरणीय ऊर्जालाई थप लोकप्रिय बनाउनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?