+
+
Shares

२०३० सम्म इतिहास बन्नेछन् दैनिक प्रयोगका यी ५ प्रविधि

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०३० सम्म पेनड्राइभ र मेमोरी कार्ड क्लाउड स्टोरेज र उच्चगतिको इन्टरनेटले अप्रासंगिक हुनेछन्।
  • स्मार्ट प्रविधिको विकासले टेलिभिजनको रिमोट कन्ट्रोल स्मार्ट असिस्टेन्ट र मोबाइल एपले विस्थापित गर्नेछ।
  • फेस रिकग्निसन र फिंगरप्रिन्ट स्क्यानिङले सन् २०३० सम्ममा पासवर्ड प्रणालीको ठाउँ लिने सम्भावना छ।

काठमाडौं । विज्ञान प्रविधिको दौड यतिधेरै तिव्र छ कि वर्तमानमा दैनिक जिवनको अभिन्न हिस्साजस्तै रहेका लोकप्रिय प्रविधि तथा उपकरणहरु निकट भविष्यमै प्रयोगहीन हुन्छन् र इतिहास बन्दछन्।

आज हामीले यस्ता ५ वटा प्रविधि तथा उपकरणको बारेमा बताउँदैछौँ जो सन् २०३० सम्म लोप हुने र इतिहासको पानामा सीमित हुने सम्भावना छ ।

१. पेनड्राइभ र मेमोरी कार्डः क्लाउड स्टोरेज तथा उच्चगतिको इन्टरनेटको वर्तमान युगमा युएसबी ड्राइभ तथा मेमोरी कार्डहरु विस्तारै अप्रासंगिक बन्दै गएका छन् । डेटा ट्रान्सफर पूर्णरुपमा अनलाइनमा आधारित बन्दै जाँदा र क्लाउडमा डेटा स्टोरेज सहज र सुलभ बनिरहेको हुनाले सन् २०३० सम्ममा डेटा ट्रान्सफर तथा स्टोरेजका लागि प्रयोग हुने युएसबी ड्राइभ तथा मेमोरी कार्डजस्ता भौतिक उपकरणको अस्तित्व समाप्त हुनसक्नेछ।

२. टेलिभिजनको रिमोट कन्ट्रोलः टेलिभिजनमा स्मार्ट प्रविधिको विस्तार भईरहँदा अब टिभी चलाउनका लागि रिमोट चाहिँदैन र केवल ज्भथ न्ययनभि वा ब्भिहब भनेर बोलेमात्रै पुग्ने भएको छ । निकट भविष्यमा स्मार्ट असिस्टेन्ट र मोबाइल एपले पारम्परिक रिमोट कन्ट्रोललाई विस्थापित गर्ने पक्का छ।

३. पासवर्ड सिस्टमः आफ्ना अकाउन्टहरुको पासवर्ड सम्झिरहनुपर्ने कुरा अब पूरानो जमानाको विषय बन्दैछ । फेस रिकगिनसन तथा फिंगरप्रिन्ट स्क्यानिंगजस्ता बायोमेट्रिक स्मार्ट प्रविधिले सन् २०३० सम्ममा पूर्णरुपमा पासवर्ड सिस्टमको ठाउँ लिने सम्भावना छ।

४. डेबिट तथा क्रेडिट कार्डः डिजिटल वालेट तथा अनलाइन भुक्तानीको बढ्दो चलनसँगै प्लास्टिकका डेबिट कार्ड तथा क्रेडिट कार्डको प्रयोग घट्दै गएको छ र भविष्यमा कारेबारका लागि यस्ता भौतिक कार्डहरुको प्रयोग शून्य हुने निश्चित छ ।

५. तारयुक्त इयरफोनः ब्लूटुथ तथा वायरलेस इयरबडले पारम्परिक तारयुक्त इयरफोनलाई पछि पारिसकेको छ । एप्पल लगायतका कैयन् कम्पनीहरुले त तारयुक्त इयरफोन समाप्त पारिसकेका छन् । अबको केही वर्षमै तारयुक्त इयरफोन बजारबाट पूर्णरुपमा लोप हुने पक्का छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?