+
+
Shares

मंगल ग्रहमा भेटियो जीवन सम्भव बनाउने केमिकल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नासाको क्युरियोसिटी रोभरले मंगलको गेडिज भ्याली च्यानल क्षेत्रमा नरम चट्टान थिच्दा शुद्ध सल्फरका पहेँलो क्रिस्टल फेला पारेको छ।
  • शुद्ध सल्फरको यस्तो प्रमाण मंगलमा पहिलो पटक भेटिएको हो, जुन मंगलको भौगर्भिक इतिहासलाई रहस्यमय बनाएको छ।
  • क्युरियोसिटी रोभरसँग रहेका उपकरणले चट्टानको रासायनिक संरचना अध्ययन गरिरहेका छन् र थप अनुसन्धान जारी छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा एउटा आश्चर्यजनक खोज गरेको छ ।

उक्त रोभर मंगल ग्रहको गेडिज भ्याली च्यानल क्षेत्रमा अघि बढ्दै गर्दा एउटा चट्टानमाथि चढेको थियो । ८ सय ९९ किलोग्राम तौल भएको सो रोभरले उक्त नरम चट्टानलाई थिचेपछि चट्टानको भित्रबाट पहेँलो रङका क्रिस्टल निस्किए। वैज्ञानिकहरूको अनुसार ती क्रिस्टल शुद्ध सल्फर (एलिमेन्टल सल्फर) का क्रिस्टल हुन् । यसलाई सामान्य भाषामा ब्रिमस्टोन पनि भनिन्छ ।

हुनत मंगल ग्रहमा यसअघि सल्फेट खनिज भेटिएको थियो । तर यसरी शुद्ध सल्फरको यस्तो प्रमाण पहिलो पटक भेटिएको हो । यही कारणले यो खोज वैज्ञानिकहरूका लागि निकै रोचक र रहस्यमय बनेको छ।

कहाँ भेटियो त्यो चट्टान ?

उक्त रहस्यमयी चट्टान मंगलको गेडिज भ्याली च्यानल नामक क्षेत्रमा भेटिएको हो । वैज्ञानिकहरूका अनुसार उक्त स्थान अर्बौं वर्षअघि पानी बग्ने पुरानो नदीको मार्ग थियो ।

क्युरियोसिटी रोभर जब सो क्षेत्र हुँदै अघि बढिरहेको थियो त्यही क्रममा चट्टान कुल्चिदा सल्फरका क्रिस्टल देखिएका थिए । वैज्ञानिकहरूले त्यसको वरिपरि त्यस्ता धेरै चट्टानहरू रहेको तथ्य पनि पत्ता लगाएका छन् । जुन बाहिरबाट सामान्य देखिए पनि भित्र शुद्ध सल्फर हुनसक्ने सम्भावना छ ।

क्युरियोसिटी परियोजनाका प्रमुख वैज्ञानिक आश्विन भासाभाडाले यसलाई मरुभूमिको हरियाली क्षेत्र अर्थात मरुद्यान भेटिएजस्तै भएको बताएका छन् । मंगल ग्रहमा त्यस्तो चिज भेटिएको विषयमा थप अनुसन्धान हुने उनले बताएका छन् ।

सल्फेट र शुद्ध सल्फरबीच के फरक छ ?

सल्फेट भनेको पानीमा घुल्ने सल्फरबाट बनेको नुन हो । जब पानी बिस्तारै सुक्छ सल्फेट खनिजहरू चट्टानको रूपमा बाँकी रहन्छन् । मंगल ग्रहमा यस्ता सल्फेटहरू भेटिनुले त्यहाँ कुनै समय पानी रहेको संकेत दिन्छ ।

तर शुद्ध सल्फर बन्नका लागि अत्यन्त विशेष भू–रासायनिक अवस्था आवश्यक पर्छ । वैज्ञानिकहरूका अनुसार गेडिज भ्याली क्षेत्रमा त्यस्तो अवस्था स्पष्ट रूपमा देखिँदैन । त्यसैले सतहमा यति ठूलो मात्रामा सल्फरका टुक्राहरू भेटिनुले मंगल ग्रहको भौगर्भिक इतिहासलाई रहस्यमय बनाएको छ ।

जीवनका लागि सल्फर किन महत्वपूर्ण ?

सल्फर जीवनका लागि अत्यन्त महत्वपूर्ण तत्व हो । यो दुई प्रकारका आवश्यक अमिनो एसिड बनाउन प्रयोग हुन्छ जुन प्रोटिन निर्माणका आधारभूत घटक हुन् ।

मंगलमा सल्फेट पहिले नै भेटिएको हुनाले यो खोजले जीवनको सम्भावनाबारे सिधै नयाँ प्रमाण भने दिँदैन । तर पनि मंगलमा बारम्बार पानी, रासायनिक पदार्थ र जीवनका लागि आवश्यक तत्वहरू भेटिँदै जानुले कुनै समय त्यो ग्रह जीवनका लागि अनुकूल हुन सक्छ भन्ने संकेत गर्दछ ।

रोभरले कसरी गर्‍यो यो खोज ?

क्युरियोसिटी रोभरसँग चट्टान र माटोको रासायनिक संरचना अध्ययन गर्ने अत्याधुनिक उपकरणहरू छन् । तर वैज्ञानिकहरूका अनुसार यदि रोभर त्यो चट्टानमाथि चढेर नथिचेको भए शुद्ध सल्फरको त्यो खोज अझै धेरै समयसम्म रहस्यकै गर्भमा रहन सक्थ्यो ।

हाल वैज्ञानिकहरू कम्प्युटर मोडेलिङ र थप अनुसन्धानमार्फत उक्त सल्फर त्यहाँ कसरी बनेको वा पुगेको हो भन्ने प्रश्नको उत्तर खोजिरहेका छन् ।

क्युरियोसिटी रोभर अहिले पनि गेडिज भ्याली क्षेत्रमा अघि बढिरहेको छ र नयाँ चट्टानहरूको अध्ययन गरिरहेको छ । आगामी अनुसन्धानले अझै रोचक तथ्यहरू उजागर गर्न सक्ने आशा वैज्ञानिकहरुको छ।

यो खोजले मंगल ग्रहलाई बुझ्ने यात्रामा नयाँ अध्याय खोलिदिएको छ। यसले मंगल केवल रातो मरुभूमि मात्र होइन नभई त्यहाँ पनि खनिज र रसायनहरूको जटिल इतिहास लुकेको छ भन्ने देखाउँछ ।

एजेन्सी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?