
News Summary
Generated by OK AI. Editorially reviewed.- वैज्ञानिकहरुले जुलाई १ मा 3I/ATLAS नामक अन्तर नक्षेत्रीय पिण्ड पत्ता लगाएका छन् जसको चौडाइ १० देखि २० किलोमिटर छ।
- यो पिण्ड ६० किलोमिटर प्रति सेकेण्डको गतिमा पृथ्वीतर्फ अघि बढिरहेको छ र नोभेम्बरमा पृथ्वीमाथि आक्रमण गर्ने आशंका गरिएको छ।
- शोधकर्ताहरुले यसलाई एलियन यान हुनसक्ने अनुमान गरेका छन् र यसको कक्षले पृथ्वीमा सजिलै पुग्न सक्ने दाबी गरेका छन्।
काठमाडौं । वैज्ञानिकहरुको यस्तो दाबी एउटा नयाँ शोधमार्फत आएको हो । वैज्ञानिकहरुले हालै ताराहरूको बीचमा रहेको एउटा वस्तु अर्थात् एक इन्टरस्टेलर पिण्ड पत्ता लगाएका छन् । त्यसको नाम 3I/ATLAS राखिएको छ ।
यो निकै तीव्र गतिमा पृथ्वीतर्फ अघि बढिरहेको छ । वैज्ञानिकहरुले यस्ता केही संकेतहरु फेला पारेका छन्, जसको आधारमा उनीहरुले सो वस्तु एलियन अन्तरिक्षयान हुनसक्ने अनुमान गरेका छन् ।
डेलीस्टारमा प्रकाशित समाचार अनुसार अमेरिकाको म्यानहटनको क्षेत्रफल जत्तिकै आकारको उक्त वस्तु एलियन यान हुनसक्ने आकलन शोधकर्ताहरुले गरेका छन् । उक्त यानले नोभेम्बरमा पृथ्वीमाथि आक्रमण गर्ने तयारी गरिरहेको हुनसक्ने आशंका शोधकर्ताको छ ।
वैज्ञानिकहरुले यहीँ जुलाई महिनाको सुरुवातमा उक्त दुर्लभ अन्तर नक्षेत्रीय वस्तु देखा परेको पुष्टि गरेका थिए । यो सौर्यमण्डलमा अहिलेसम्म देखा परेको यस्तो तेश्रो चिज हो जो तिव्र गतिमा अगाडि बढिरहेको छ । जुलाई २२ मा प्रकाशित एक वैज्ञानिक शोधपत्रले घक्ष्रब्त्ीब्क् नामक उक्त वस्तु एक पृथ्वी बाहिरको प्रविधि हुनसक्छ, जसले अचानक पृथ्वीमा आक्रमण गर्न सक्दछ ।
शोधकर्ताहरुका अनुसार यो वस्तुको कक्ष यस्तो छ कि कुनै एलियन यान नियन्त्रण नै गर्न नसकिने अवस्थामा चक्मा दिएर पृथ्वीसम्म सजिलैसँग पुग्नसक्छ । सोही कारणले गर्दा आगामी नोभेम्बरको अन्त्यमा जब यो वस्तु सूर्यको सबैभन्दा निकट पुग्नेछ, त्यसबेला यो पृथ्वीको दृश्यबाट ओझेल पर्नेछ ।
त्यसक्रममा यसले आफ्नो गतिलाई सुस्त बनाउने तथा सौर्य मण्डलमा आफूलाई कायम राख्नका लागि एक गोप्य उच्चगतिको युद्ध अभ्यास गर्नुका साथै गोप्य रुपमा पृथ्वीमा आक्रमणको तयारी गर्नसक्ने दाबी वैज्ञानिकहरुले गरेका छन् ।
सौर्यमण्डलमा अनौठो गतिले चलिरहेको रहस्यमय चिज
उक्त शोधमा वैज्ञानिकहरुले उल्लेख गरे अनुसार यो वस्तुको अगाडि बढ्ने मार्ग तथा गति असामान्य छ । सो गति र बाटोले यसलार्य शुक्र, मंगल तथा बृहस्पती जस्ता ग्रहहरुको निकै नजिक ल्याउँछ । यस्तो घटना संयोगबस हुने सम्भावना निकै कम अर्थात् ०.००५ प्रतिशत हुन्छ ।
उक्त शोधपत्रका एकजना लेखक तथा हार्वर्ड विश्वविद्यालयका प्रसिद्ध खगोल भौतिक वैज्ञानिक एभी लोएब पनि हुन् । एभी विभिन्न खालका विवादास्पद शोध तथा पृथ्वी बाहिरका खुफियाको खोजका विषयमा मुखर विचारहरुका लागि चर्चित छन् ।
उनले सन् २०१७ मा एउटा यस्तै खालको अन्तर नक्षेत्रीय वस्तु ओउमुआमुआका बारेमा गरेको दाबीले चर्चा कमाएका थिए । अन्तरीक्षमा देखा परेको उक्त वस्तु त्यसको अनौठो गति तथा आकारका कारण कुनै एलियन सभ्यताद्धारा निर्मित एक कृत्रिम परीक्षण भएको हुनसक्ने उनले दाबी गरेका थिए । उक्त शोधपत्रमा लण्डनस्थित इनिसियटिभ फर इन्टरस्टेलर स्टडीजका शोधकर्ता एडम क्राउलले पनि काम गरेका थिए ।
हिबर्ड र क्राउनले आफूहरुको शोध पूर्ण रुपमा अनुमानमा आधारित रहेको र काल्पनिक रहेको प्रष्ट पारिसकेका छन् । त्यसैले उनीहरुका दाबीहरु तथ्यमा आधारित हुने र त्यसमा विश्वास गरिहाल्नुपर्ने कारण छैन । यद्यपि सो शोधपत्र महत्वपूर्ण रहेको हुनाले उनीहरुका हाइपोथेसिसमाथि थप अनुसन्धान आवश्यक रहेको समाचारमा उल्लेख छ ।
शोधकर्ता हिबर्ड तथा क्राउनले यदि आफूहरुको परिकल्पना सही सावित भएमा त्यो मानवताका लागि त्यसको परिणाम भयानक हुनसक्ने चेतावनी दिएका छन् । त्यसका लागि हामीले रक्षात्मक कारवाही गर्ने आवश्यकता हुनसक्छ ।
3I/ATLAS नामक रहस्यमय पिण्ड हाल ६० किलोमिटर प्रति सेकेण्डको गतिले अन्तरीक्षमा घुमिरहेको छ । यो पिण्ड पहिलोपटक चिलीको रियो हर्टाडोस्थित क्षुद्रग्रह स्थलीय प्रभाव अन्तिम चेतावनी प्रणालीमा रहेको सर्भेक्षण दूरविनबाट गत जुलाई १ मा देखिएको थियो । यसको चौडाई १० देखि २० किलोमिटर रहेको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4