
आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो एक विशेष प्रोजेक्टमा काम गरिरहेको छ, जसको उद्देश्य सर्वाधिक लोकप्रिय एआई च्याटबोटको रुपमा रहेको च्याटजिपिटीको प्रतिस्पर्धी तयार गर्नु रहेको छ । यसका लागि एप्पलले कम्पनीमा एउटा नयाँ इकाइको स्थापना गरेको छ ।
समाचार अनुसार उक्त युनिटको नाम AKI हो । यसको विस्तारित रुप चाहिँ Answers, Knowledge and Information हो ।
मर्क गुर्म्यानले ब्लुम्बर्गमा प्रकाशित गरेको एक रिपोर्ट अनुसार एकेआईको काम भनेको एआईमा केन्द्रित एआई च्याटबोट तयार गर्नु रहेको छ । यसको मद्दतले प्रयोगकर्ताहरुले विश्वभरका जानकारीहरु निकै सहजतापूर्वक प्राप्त गर्न सक्नेछन् ।
एप्पलको उक्त एआई च्याटबट निर्माण इकाईको टोलीलाई रोब्बी वाल्करले नेतृत्व गर्दैछन् । उनी यसअघि एप्पलको सिरी विभागको कार्यकारी भैसकेका छन् ।
सिरी एप्पलको एआई असिस्टेन्ट प्लाटफर्म हो । एप्पलको आर्टिफिसियल इन्टेलिजेन्स विभाग प्रमुखको नाम जोन गियान्नान्द्रिया हो । रोब्बी वाल्करले जोनलाई नै रिपोर्टिङ गर्नेछन् ।
स्मरण रहोस् एप्पलले यसअघि पनि ओपन एआईको च्याट जिपिटीलाई आफ्नो सिरीमा सामेल गरेर साझेदारी गरिसकेको छ । तर, अब भने एप्पल आफ्नै एक एआई च्याट प्लाटफर्म तयार गर्न चाहन्छ ।
समाचार अनुसार एप्पलले आफ्नो एआई रणनीतिलाई थप विस्तार गर्न गइरहेको छ । जुन पहिलेदेखि नै रहेको एप्पल इन्टेलिजेन्सभन्दा पनि अग्रणी रहनेछ ।
एप्पल इन्टेलिजेन्सको काम केवल Genmoji, Notification Summaries अनि Writing Suggestion सम्म मात्रै सीमित रहेको छ ।
रिपोर्ट अनुसार AKI टिमको लक्ष्य एउटा नयाँ खालको एआई सर्च अनुभव तयार गर्नु हो । उक्त प्लाटफर्म च्याट जिपिटी तथा परप्लेक्सिटी एआई जस्तै हुनेछ । एकेआई टिम एआई सर्चलाई समेत अझै समृद्ध बनाउनेमा केन्द्रित छ ।
एआई सर्च वास्तवमा एउटा यस्तो प्रविधिमा आधारित ब्राउजर वा च्याटबट हो जसले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रयोगकर्ताले खोजेको कुरा देखाइदिन्छ ।
यो विद्यमान पारम्परिक इन्टरनेट सर्च इन्जिन भन्दा निकै फरक हुन्छ । एआई सर्च अन्तरगत प्रायेगकर्ताहरुले तीव्र गतिमा ब्राउजिङ गर्न सक्दछन् र यो अन्तरक्रियात्मक पनि हुन्छ ।
प्रतिक्रिया 4