+
+
Shares

एप्पलको डेभलपर्स कन्फ्रेन्स : सबै अपरेटिङ सिस्टमको नाम परिवर्तन, थपिए यी नयाँ फिचर्स

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलले WWDC 2025 मा नयाँ अपरेटिङ सिस्टम नामहरू र Liquid Glass डिजाइन घोषणा गर्‍यो।
  • सफ्टवेयर अपडेटमा इन्टेलिजेन्स, क्यामेरा, सफारी, फेसटाइम, र CarPlay Ultra मा नयाँ सुविधा समावेश छन्।
  • वाच ओएस 26 र कारप्लेमा नयाँ एआई फिटनेस कोच, इनकमिङ कल स्क्रिन र नयाँ इन्टरफेस थपिएका छन्।

एप्पलको वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (WWDC 2025) सम्मेलन सुरु भएको छ । जुन ९ देखि १३ सम्म चल्ने सम्मेलनमा यसपटक कम्पनीले आफ्ना सफ्टवेयरहरुमा महत्वपूर्ण परिवर्तनका साथै आफ्ना प्रडक्टहरुमा नयाँ डिजाइन पनि ल्याएको छ ।

यसअघि २०२३ मा एप्पलले Vision Pro र २०२४ मा एआईमा आफूलाई केन्द्रित गरेकोमा यसपटक कम्पनीले सफ्टवेयरमा केन्द्रित अपडेट ल्याएको हो ।

मुख्य अपडेटहरू

  • WWDC 2025 को सुरुवात F1 फिल्मको टीजरबाट भयो । टिम कुकले एप्प्ल टिभी गुणस्तरीय सामग्री उपलबध गराउने मामिलामा अग्रणी रहेको बताए
  • एप्पल इन्टेलिजेन्स सपोर्ट गर्ने भाषाहरूको संख्या बढाइएको छ, यद्यपि हालसम्म यसमा नेपाली भाषाचाहिँ समावेश छैनन्।
  •  एप्पलले आफ्ना सबै अपरेटिङ सिस्टमका नामहरू परिवर्तन गरेको छ। एप्पलका नयाँ अपरेटिङ सिस्टमहरुको नाम अब iOS 26, WatchOS 26, Tv OS 26, MacOS 26, VisionOS 26 र  ipadOS 26 बनाइएको छ। आइओएस ७ पछि यो सबैभन्दा महत्वपूर्ण परिवर्तन भनिएको छ।
  •  एप्पलले नयाँ अपरेटिङ सिस्टममा Liquid Glass डिजाइनको घोषणा गरेको छ । यसले युजर इन्टरफेसमा पारदर्शी र चम्किलो लुक्स थपिएको छ, यसले प्रयोगकर्तालई थप गज्जबको अनुभव दिलाउनेछ। यो सबै अपरेटिङ सिस्टममा अपडेट गरिएको छ।
  • एप्पलले आफ्नो अपरेटिङ सिस्टममा क्यामेरा मोड पनि सरल बनाएको छ र अब फोटो र भिडियोबीच सजिलै स्वाइप गरेर चयन गर्न सकिनेछ।
  • त्यसैगरी सफारी ब्राउजर र फेसटाइम पनि अपडेट गरिएको छ, जसले प्रयोगकर्तालाई सहज र सफा इन्टरफेस उपलब्ध गराउनेछ ।
  •  यी सबै नयाँ फीचरहरू केवल फोनमा मात्र नभइ  CarPlay Ultra मा पनि उपलब्ध हुनेछन्

एप्पल इन्टेलिजेन्स : अब थोरै मिहिनेतमा धेरै काम सम्भव

iOS 26

एप्पल इन्टेलिजेन्स अब एप्पलका सम्पूर्ण अपरेटिङ सिस्टममा समावेश गरिएको छ। नयाँ फिचर अन्तर्गत अब लाइभ ट्रान्सलेसन सुविधा म्यासेज, फेसटाइम र फोन सेवामा एकीकृत गरिएको छ, जसले आवाज र टेक्स्टको रियल टाइम अनुवाद सम्भव बनाएको छ। यो सुविधा पूर्ण रूपमा प्रयोगकर्ताको डिभाइसमै काम गर्ने भएकाले व्यक्तिगत जानकारी सुरक्षित र गोप्य रहनेछ।

साथै, भिजुअल इन्टेलिजेन्सले प्रयोगकर्तालाई स्क्रिनमा देखिएको सामग्रीसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्षम बनाउँछ । अब कुनै पनि फोटोबारे थप जानकारी जान्न, एप्सभित्र प्रोडक्ट खोज्न वा कुनै कार्यक्रम स्वतः क्यालेन्डरमा थप्न सजिलो हुनेछ ।

फोन एप : एआईले अब कल गर्ने व्यक्तिको पहिचान गर्छ

फोन एपलाई अब नयाँ यूनिफाइड डिजाइनमा प्रस्तुत गरिएको छ, जहाँ favorites, resents, voicemail, keypad सबै एउटै स्क्रिनमा देखिनेछन् । यसमा एआई सारांश सुविधा थपिएको छ, जसले भ्वाइसमेलको छोटकरी विवरण देखाउनेछ।

साथै, एआईले अब कल गर्ने व्यक्तिको पहिचान गर्न सक्छ कि उनी तपाईंको चिनजानको व्यक्ति हुन् वा होइनन् । ‘होल्ड असिस्ट’ नामक नयाँ सुविधा अन्तर्गत, जब तपाईं कुनै कल होल्डमा राख्नुहुन्छ, एआईले तपाईंको साटो प्रतीक्षा गर्नेछ र जवाफ आएपछि तपाईंलाई जानकारी दिनेछ।

वाच ओएस २६ : एआई फिटनेस कोचको अनुभव

WatchOS 26

वाच ओएस २६ मा ‘वर्कआउट बडी’ नामक एआई फिटनेस कोच थपिएको छ, जसले प्रयोगकर्ताको अघिल्लो फिटनेस तथ्यांकको आधारमा व्यक्तिगत सल्लाह दिनेछ ।

कुनै माइलस्टोन पार गर्दा, यसले प्रयोगकर्तालाई बधाई दिनेछ र सकारात्मक प्रोत्साहन दिनेछ। साथै, एप्पल वाचले प्रयोगकर्ताको लोकेशन अनुसार सान्दर्भिक सुझावहरू पनि दिनेछ, जस्तै जिममा हुँदा व्यायामसम्बन्धी सल्लाह प्रदान गर्ने।

एप्पल कारप्ले : इनकमिङ कल अब पूरै स्क्रिनमा नदेखिने

कारप्लेमा नयाँ लिक्विड ग्लास डिजाइन समावेश गरिएको छ, जसले इनकमिङ कलहरूलाई अब पूरै स्क्रिनमा नदेखाइ सानो ओभरलेको रूपमा देखाउँछ । यसले सवारी चलाउँदा ध्यान केन्द्रित राख्न सजिलो बनाउँछ। साथै, कारप्लेमा नयाँ विजेट, ट्यापब्याक इमोजी र अझ बढी अन्तरक्रियायुक्त युजर इन्टरफेस थपिएको छ। यी सबै विशेषताहरू कारप्ले अल्ट्रामा पनि उपलब्ध हुनेछन्, जुन हालका लागि छानिएका एस्टन मार्टिन मोडेलहरूमा मात्र उपलब्ध छ।

एप्पल गेम्स : साथीहरूको गतिविधि ट्रयाक गर्ने सुविधा

iOS २६ मा नयाँ ‘एप्पल गेम्स’ एप प्रस्तुत गरिएको छ, जुन आइफोनमा सबै गेमहरूको लागि एक केन्द्रीय हबको रूपमा काम गर्छ ।

यस एपमा प्रयोगकर्ताले डाउनलोड गरेका गेमहरूको सूची देख्न सकिन्छ, साथै साथीहरूले कुन-कुन गेम खेलिरहेका छन् भन्ने जानकारी पनि मिल्छ । उपलब्धि, चुनौती र गेम अपडेटहरू यस एपमा सजिलै ट्रयाक गर्न सकिन्छ, जसले खेल खोज्न र रमाउन अझ सहज बनाउँछ।

एप्पल म्युजिक : गीत अब अनुवादसहित सुन्न सकिने

एप्पल म्युजिकमा अब गीतहरूको अनुवाद सुविधा थप गरिएको छ, जसले विभिन्न भाषाका गीतहरू बुझ्न सजिलो बनाउँछ। ‘AutoMix’ नामक नयाँ फिचरमार्फत प्रयोगकर्ताले विभिन्न गीतहरूलाई सहज रूपमा मिक्स गरेर पेसेवर डीजेको अनुभव लिन सक्नेछन् ।

म्याकबुक : स्पटलाईट र एपल मिररिङ सुविधा

म्याकमा ‘स्पटलाईट’ सर्च फिचर थपिएको छ, जसले सम्पूर्ण सिस्टमभित्र कुनै पनि सामग्री छिटो खोज्न मद्दत गर्दछ। ‘एप्पल मिररिङ’को माध्यमबाट आइफोनका एपहरू म्याकमा चलाउन सकिनेछ। साथै, सफारी ब्राउजरमा नयाँ ट्याब बार थपिएको छ, जसले वेबपेजको सम्पूर्ण स्क्रिन भिजन देखाउन सहयोग गर्छ।

टीभी ओएस : सबै सदस्यको लागि व्यक्तिगत प्रोफाइल

एप्पलको टीभी ओएसमा अब हरेक सदस्यले आफ्ना लागि अलग प्रोफाइल सेट गर्न सक्नेछन्। यसले प्रत्येक प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिनेछ। साथै, म्युजिक एपमा गीतका बोलहरू ठूलो र स्पष्ट रूपमा देखिने सुविधा पनि थपिएको छ, जसले ठूलो स्क्रिनमा गीत सुन्ने अनुभवलाई अझ मनोरञ्जनपूर्ण बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?