+
+
Shares

वैशाख ३१ गते ‘डिजिटल मधेश कन्क्लेभ’ आयोजना हुँदै

६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने

होटल नाभ्यामा सञ्चालन हुने कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत छलफल र अन्तरक्रिया हुनेछ । कार्यक्रममा ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरुको सहभागिता रहने आयोजक आइसिटी फाउन्डेसनले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते २१:१२

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ।
  • यस कन्क्लेभमा डिजिटल अवस्थाको मूल्याङ्कन र नयाँ अवसरहरूको छलफल हुनेछ।
  • कार्यक्रमले डिजिटल पूर्वाधार, शिक्षा, नीति, र सुरक्षा जस्ता विषयहरूमा छलफल र प्रस्तुती गर्नेछ।

२८ वैशाख, काठमाडौं । यही वैशाख ३१ गते बुधवार मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिवासमा कन्क्लेभ हुन लागेको हो ।

होटल नाभ्यामा सञ्चालन हुने कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत छलफल र अन्तरक्रिया हुनेछ । कार्यक्रममा ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरुको सहभागिता रहने आयोजक आइसिटी फाउन्डेसनले जानकारी दिएको छ ।

‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ थिममा केन्द्रित कन्क्लेभमा ३ किनोट प्रस्तुतीसँगै ६ बढी विषयमा छलफल र बहस हुनेछन् । मधेश प्रदेशमा केन्द्रित विभिन्न डिजिटल इनिसिएटिभ्स र डिजिटल रुपान्तरणका आइडियाहरुको शोकेश र प्रस्तुती पनि रहने आयोजक समितिले जनाएको छ । यसको लागि कन्क्लेभको आधिकारिक वेबसाइट www.madhesh.digital मार्फत डिजिटल सोलुसन/आइडियाको बारेमा जानकारी दर्ता गराउन सकिनेछ ।

डिजिटल मधेश कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआइ र डेटा सुरक्षा, स्टार्टअप र इन्निभेसन इकोसिस्टम, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिनेछ ।

आयोजक आइसिटी फाउन्डेसन नेपालले गत बैशाख ९ र १० गते सुर्खेतमा २ दिने डिजिटल कर्णाली कन्क्लेभको आयोजना गरेको थियो । प्रादेशिक कन्क्लेभको रुपमा आयोजना भइरहेको यस कार्यक्रममा प्रदेश सरकारहरुको प्रत्यक्ष आयोजकको रुपमा सहभागिता रहेको छ ।

कन्क्लेभले आउदै गरेको आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणको लागि डिजिटल तथा आइसिटी क्षेत्रलाइ प्राथमिकतामा राख्न पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ । पहिलो पटक आयोजना हुने डिजिटल मधेश कन्क्लेभमा सम्पूर्ण स्थानीय पालिका, मन्त्रालय र आइसिटी सम्वन्धि सरोकारवालाहरु सहित ३ सय बढीको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?