+
+
Shares

एसईई नतिजा : कति विद्यार्थीले ल्याए कति जीपीए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते २१:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३ सय ९२ जनाले जीपीए ३.६० देखि ४.०० सम्म ल्याएका छन्।
  • जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी छन्।
  • २.४० देखि २.८० सम्म ५५ हजार ९७७, २.०० देखि २.४० सम्म ५ हजार १९० र १.६० देखि २.०० सम्म ७ जना विद्यार्थी छन्।

२८ वैशाख, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।

बोर्डले सोमबार साँझ प्रकाशित गरेको नतिजा अनुसार, ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएका हुन् ।

त्यस्तै, त्यसपछिको जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।

२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ ।

५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् ।

जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?