+
+
Shares

टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना जगाउन सुरु गर्‍यो ‘सर्च गाइड’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकले नेपालमा यौन दुर्व्यवहारको जोखिममा परेका प्रयोगकर्तालाई सहयोग गर्न नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ।
  • यो सुविधाले यौन दुव्र्यवहारसम्बन्धी शब्द खोज्दा स्थानीय हेल्पलाइन र सेक्सुअल अब्युज सपोर्ट पेजमा लैजाने सूचना देखाउँछ।
  • सेफ्टी सेन्टरमा शैक्षिक सामग्री, उजुरी गर्ने तरिका र प्रोफेसनल सपोर्ट सर्भिसको लिङ्क उपलब्ध छ।

काठमाडौं । टिकटकले शुक्रबारदेखि नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ । यो फिचरको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्तालाई समयमै सहयोग प्रदान गर्नु हो ।

टिकटकले यो सुविधालाई प्लाटफर्मको समग्र सुरक्षा अभियानको हिस्सा रहेको बताएको छ, जसको उद्देश्य प्रयोगकर्तालाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्नु हो ।

अबदेखि नेपालका प्रयोगकर्ताहरूले ‘सेक्सअुल असल्ट, अब्युज हटलाइन, मी टू’जस्ता यौन दुव्र्यवहारसम्बन्धी शब्दहरू खोज्दा, उनीहरूलाई स्थानीय हेल्पलाइन नम्बर र टिकटकको सेफ्टी सेन्टरभित्रको सेक्सुअल अब्युज सपोर्ट पेजमा लैजाने विशेष सूचना देखाइनेछ ।

उक्त पेजमा शैक्षिक सामग्री, उजुरी गर्ने तरिका र प्रोफेसनल सपोर्ट सर्भिसको लिङ्क उपलब्ध गराइएको छ ।

‘टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ टिकटकका ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरसिप म्यानेजर वास्कितो जटीले भने, ‘हामीलाई थाहा छ, कठिन परिस्थितिमा धेरै प्रयोगकर्ता अनलाइन प्लेटफर्ममा जान्छन् । त्यसैले हामीले अग्रसर भएर सहयोगका विकल्प देखाउन थालेका छौं, जसले पीडितलाई आवश्यक सहयोगतर्फ डोर्‍याउने र टिकटकको यौन दुव्र्यवहारप्रति शून्य सहनशीलताको नीतिलाई बलियो बनाउनेछ ।’

सेफ्टी सेन्टरमा रहेको सेक्सुअल अब्युज सपोर्ट पेजले यौन दुव्र्यवहारका विभिन्न स्वरूपहरू, जस्तै बाल यौनशोषण सामग्री, बहकाउने व्यवहार, यौन दुव्र्यवहार र सहमति बिना गरिने यौन क्रियाकलापबारे जानकारी दिन्छ र यस्ता सामग्री उजुरी गर्ने तरिका पनि सिकाउँछ ।

यसले हानिकारक सामग्रीसँगको सम्पर्कबाट टाढा बस्न प्रेरित गर्छ र प्रयोगकर्ताको गोपनीयताको पूर्ण रक्षा गरिने समेत उल्लेख गर्दछ ।

यस सुविधामा टिकटकको इन–एप उजुरी प्रणालीका साथै बाहिरी उजुरीका विकल्पबारे पनि जानकारी दिइन्छ । यस पेजले पीडित र उनीहरूलाई सहयोग गर्ने व्यक्तिका लागि सहायता खोज्न सजिलो बनाएको छ ।

यसमा पीडितको हेरचाह, ट्रमा व्यवस्थापन र कानुनी सहयोगमा विशेष दक्षता भएका स्थानीय संस्था र अन्तर्राष्ट्रिय सहयोगदाताको खोज्न मिल्ने डेटाबेसको पहुँच समावेश गरिएको छ ।

समुदायको साथ र सशक्तिकरण खोज्नेहरूका लागि टिकटकले उपचार र पुनःस्थापनासँग सम्बन्धित ह्यासट्याग र कन्टेन्टहरूलाई पनि प्राथमिकता दिएको छ ।

यो पहललाई टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट, शैक्षिक सहकार्य र प्लेटफर्म स्तरका उपायका माध्यमबाट डिजिटल सुरक्षा र प्रयोगकर्ताको वेल–बीइंग सुधार गर्न गर्दै आएको निरन्तर प्रयासको हिस्सा रहेको बताएको छ ।

प्रयोगकर्तालाई सुरक्षित र सशक्त बनाउने उद्देश्यले टिकटकले विशेषज्ञ, पीडितका पक्षमा काम गर्ने समूह र मानसिक स्वास्थ्यसँग सम्बन्धित संस्थासँग सहकार्य गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?