+
+
Shares

विद्यालय समय र पोशाकमा टिकटक नबनाउन शिक्षक तथा कर्मचारीलाई निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीहरूलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १७:०१
आन्दोलनमा सहभागी शिक्षकहरू/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हेलो सरकारले कार्यालय समयमा शिक्षक र कर्मचारीले बाल मनोविज्ञानमा असर पर्ने सामग्री पोस्ट गरेको गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ।
  • मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई तोकिएको पोशाकमा टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न भनेको हो।

३० भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीहरूलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बाल मनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोस्ट गर्ने गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

सोही गुनासोको आधारमा मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई तोकिएको पोशाकमा टिकटक भिडियो बनाएर सामाजिक सञ्जालनमा पोस्ट नगर्न भनेको हो ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?