+
+
Shares

टिकटकले तीन महिनामै हटायो मापदण्ड उल्लंघनका २४ लाख नेपाली भिडियो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकले नेपालबाट अप्रिलदेखि जुनसम्म २४ लाख ७६ हजार ३४५ भिडियो कम्युनिटी गाइडलाइन्स उल्लंघनका कारण हटाएको छ।
  • नेपालमा हटाइएका भिडियोमध्ये ९९.८ प्रतिशत २४ घण्टाभित्र हटाइएका थिए भने विश्वव्यापी रूपमा १८ करोड ९५ लाख ७८ हजार भिडियो हटाइएको छ।
  • टिकटकले ७ करोड ६९ लाख ९१ हजार ६६० नक्कली खाता र १३ वर्षभन्दा कम उमेरका २ करोड ५९ लाख ४ हजार ७०८ खाता पनि हटाएको छ।

९ कात्तिक, काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता अनुरुप नेपालबाट तीन महिनामै २४ लाख ७६ हजार ३४५ भिडियो हटाएको छ ।

कम्पनीले सार्वजनिक गरेको २०२५ को दोस्रो त्रैमासिक रिपोर्टअनुसार अप्रिलदेखि जुन महिनासम्म कम्युनिटी गाइडलाइन्स उल्लंघन भएका ती भिडियो हटाइएको हो ।

कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पहिचान गर्ने र हटाउने क्रमलाई सक्रिय रुपमा अघि बढाइएको टिकटकले जनाएको छ । नेपालमा टिकटकले सक्रिय रूपमा हटाएका भिडियोहरूको अनुपात ९९.८ प्रतिशत छ, जसमा ९८.४ प्रतिशत भिडियोहरू २४ घण्टाभित्र हटाइएका थिए ।

विश्वव्यापी रूपमा, टिकटकले यस त्रैमासिकमा कुल १८ करोड ९५ लाख ७८ हजार भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७ प्रतिशत हो । हटाइएकामध्ये १६ करोड ३९ लाख भिडियो अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएका थिए भने ७४ लाख ५७ हजार भिडियो रिभ्युपछि पुनःस्थापित गरिएका थिए ।

‘टिकटकको विश्वव्यापी सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेको छ’ रिपोर्टमा उल्लेख छ, ‘जसमा ९४.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए ।’

यस अवधिमा टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्नका लागि ७ करोड ६९ लाख ९१ हजार ६६० नक्कली खाता र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २ करोड ५९ लाख ४ हजार ७०८ खाता पनि हटाएको छ ।

रिपोर्ट अनुसार, हटाइएका कुल भिडियोहरूमध्ये ठूलो हिस्सा, ३०.६ प्रतिशतमा संवेदनशील वा वयष्क थिमहरू थिए । थप १४ प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यता मापदण्ड तोडेको, ६.१ प्रतिशतले गोपनीयता र सुरक्षासम्बन्धी गाइडलाइन्स उल्लंघन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?