+
+
Shares

लुम्बिनीमा पहिलो एआई ह्याकाथन : एक घण्टामा बने १८ एप र प्रोजेक्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १३:३८

२३ साउन, काठमाडौं । नेपालगञ्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालयमा पहिलो एआई ह्याकाथन सम्पन्न भएको छ ।

१६ र १७ साउनमा आयोजित यो कार्यक्रममा सहभागीहरूले म्यानस एआईको प्रयोग गरी एक घण्टामै १८ वटा एप, वेबसाइट र अन्य प्रोजेक्ट बनाएका हुन् ।

सिंगापुरको म्यानस एआई कम्पनीको सहकार्यमा ‘थिङ्क, बिल्ड, एन्ड स्केल’ नारासहित आयोजित यो ह्याकाथनले कोडिङ नजान्नेले पनि एआईमार्फत सजिलै प्रोजेक्ट बनाउन सकिन्छ भन्ने देखाएको थियो ।

पहिलो दिन ४४ जना सहभागीले एआई कार्यशालामा च्याटजीपीटी र जेमिनाईजस्ता टुलको प्रयोग सिके ।

उनीहरूले ई-बुकको सारांश निकाल्ने, पोडकास्ट बनाउने, जागिरको अन्तर्वार्ता र परीक्षाको तयारी गर्ने तरिका सिके ।

दोस्रो दिनको ह्याकाथनमा २५ सहभागीले कोड नलेखी १८ प्रोजेक्ट बनाएर प्रस्तुत गरे । म्यानस एआईले सबैलाई प्रो-एकाउन्ट र क्रेडिट निःशुल्क दिएको थियो ।

ह्याकाथनमा प्रकाश चौधरीको ‘पुरानो पुस्तक’ नामक वेबसाइटले पहिलो स्थान जित्यो । उनले पुराना किताब किनबेचको डिजिटल प्लेटफर्म बनाए बनाएका थिए । नासाको ‘हल अफ फेम’ मा सूचीकृत मनोजकुमार चौधरीले पनि ‘ब्लड बैंक म्यानेजमेन्ट सिस्टम’ बनाए ।

कार्यक्रममा विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारीले एआईको महत्त्व र भविष्यबारे बताउँदै यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाए । उनकाअनुसार विश्वविद्यालयले चाँडै एआई क्लब गठन गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?