+
+
Shares

चिनियाँ रोबोटले आफैं कारको ढोका खोलेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १३:४१

मानवीय क्षमताले युक्त रोबोट अर्थात् ह्युमानोइड रोबोटले एकपटक पुन: सबैलाई अचम्ममा पारिदिएको छ । पछिल्लो जानकारी अनुसार चिनियाँ कम्पनी AiMOFA रोबोटिक्सले निर्माण गरेको मर्निन नामक रोबोटले मानिसको सहयोगबिना नै कारको ढोका खोल्न सफल भएको छ । रोबोटको यस्तो सफलताले सबैलाई अचम्मित तुल्याएको छ ।

वास्तवमा कारको ढोका खोल्नु मानिसका लागि कुनै ठूलो काम होइन । तर, एउटा रोबोटका लागि आफैले त्यो काम गर्नु निकै कठिन काम हो । त्यसैले रोबोटले कारको ढोका खोल्ने कुरा लाई रोबोटिक्स प्रविधिमा महत्वपूर्ण उपलब्धि मानिएको छ ।

AiMOFA रोबोटिक्स कम्पनीले विकास गरेको मर्निन रोबोटले चीनको चेरी डीलरशिपमा कारको ढोका खोलेर देखाएको हो । रोबोटले आफ्नो सेन्सर तथा गति नियन्त्रण देखाउँदै सो काम गरेको हो ।

उक्त कार्यका लागि मर्निन रोबोटमा जडित थ्री LiDAR, Depth and Wide Angle Camera त‍था Visual Language Model को प्रयोग भयो । रोबोटले ती सेन्सरको सहयोगले ढोकाको स्थिति तथा ढोका खोल्ने सही तरिकाको हिसाबकिताब गर्दछ ।

Reinforcement Learning को मद्दतबाट रोबोटले ढोका खोल्न सिकेको हो । यसमा रोबोटले स्वतन्त्र ढंगले काम गरेको कारणले गर्दा सबैलाई अचम्मित तुल्यायो । यदि यो रोबोट अझै विकसित भएर विश्वभर नै प्रयोगमा आएमा यसले धेरै मानिसको रोजगारी संकटमा पार्ने पक्का छ ।

विश्वमा लाखौं मानिस यस्ता छन् जो गाडी पार्किङ स्थल वा होटलमा काम गर्दछन् । उनीहरुको काम नै गाडीको ढोका खोलिदिने र पाहुनाको स्वागत तथा सम्मान गर्नु हो । यदि त्यस काममा मर्निन रोबोटलाई खटाइयो भने त्यसबाट लाखौँ मानिसको रोजगारी गुम्नेछ ।

मर्निन रोबोट वास्तवमा नयाँ पुस्ताको रोबोटिक प्रविधिको उदाहरण हो । यो रोबोट खासगरी घर, स्वास्थ्य सेवास्थल तथा शैक्षिकस्थलहरुमा मानिसहरुलाई सहयोग गर्न तयार गरिएको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?