+
+
Shares

चीनमा विश्वकै पहिलो रोबोट बक्सिङ प्रतियोगिता

एजेन्सी एजेन्सी
२०८२ जेठ १५ गते १२:४९

विश्वमै पहिलोपटक रोबोटबीचको बक्सिङ प्रतिस्पर्धा भएको छ । करिब सवा चार फिट अग्ला ती रोबोटहरूले एक अर्कामाथि लात र मुक्काले आक्रमण गर्दै वास्तविक बक्सिङको झल्को दिएका थिए ।

विश्व रोबोट प्रतियोगिता नाम दिइएको सो प्रतिस्पर्धा चीनको हाङ्जाउ सहरमा आयोजना गरिएको हो । सो खेलको प्रसारण चीनको राष्ट्रिय प्रसारक चाइना सेन्ट्रल टेलिभिजन मार्फत गरिएको थियो ।

यस प्रतियोगितामा Unitree Robotic कम्पनीद्वारा निर्मित चारवटा रोबोटहरूले भाग लिएका थिए । सबै रोबोटहरूको उचाइ १३२ सेन्टिमिटर र तौल ३२ किलोग्राम थियो । ती रोबोटहरूलाई प्रशिक्षकहरूले जोइस्टिकको सहायता लिएर रिमोटबाट नियन्त्रण गरेका थिए ।

Unitree Robotic कम्पनी यसअघि पनि विभिन्न क्षमतायुक्त ह्युमनोइड रोबोट निर्माण गर्दै आएको कम्पनी हो। कम्पनीले सार्वजनिक गरेका अघिल्ला भिडियोहरूमा ती रोबोटहरू विभिन्न सतहमा सजिलै दौडन सक्ने र तीव्र गतिमा क्रियाशील हुन सक्ने देखाइएको थियो । कम्पनीले सार्वजनिक गरेको एउटा भिडियोमा त संसारकै सबैभन्दा छिटो दौडने रोबोट भनेर समेत दाबी गरिएको छ ।

केही समयअघि सोही कम्पनीका रोबोटहरूसँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।जसमा कारखानामा निर्माणाधीन अवस्थामा रहेका रोबोटमध्ये एउटा रोबोटले अचानक कर्मचारीमाथि लात र मुक्काले आक्रमण गरेको देखिन्थ्यो । ती कर्मचारी उक्त रोबोटको नजिकै उभिएको बेला त्यस्तो घटना घटेको थियो ।

विश्लेषकहरूका अनुसार, रोबोटिक खेलकुदको यो प्रारम्भिक प्रयास निकै उत्साहप्रद रहेको छ र यसले भविष्यमा रोबोटिक खेलकुद थप रोचक तथा चुनौतीपूर्ण रूपमा विकसित हुन सक्ने सम्भावना देखाएको छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?