
News Summary
Generated by OK AI. Editorially reviewed.- सामसङ नेपालले नयाँ फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि–अर्डर २२ देखि २९ साउनसम्म खुला हुने घोषणा गरेको छ।
- ग्यालेक्सी जेड फोल्ड७ ले प्रिमियम डिजाइन, शक्तिशाली क्यामेरा र अत्याधुनिक एआई फिचर सहित प्रयोगकर्तालाई नयाँ तहको स्मार्टफोन अनुभव दिने कम्पनीले बताएको छ।
- नेपालमा यी स्मार्टफोन २५६ जीबी भेरिएन्टको प्रि–अर्डर सामसङ क्याम्पेन्स् डटकममा २२ साउनदेखि गर्न सकिने र ५ हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ।
काठमाडौं । सामसङ नेपालले अत्याधुनिक प्रविधि तथा आकर्षक डिजाइन सहित नयाँ फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड७’ र ‘ग्यालेक्सी जेड फ्लिप७’ को प्रि–अर्डर २२ देखि २९ साउनसम्म खुला हुने घोषणा गरेको छ ।
ग्लोबल अनप्याक्ड कार्यक्रमपछि नेपालमा सार्वजनिक भएका यी स्मार्टफोन सामसङको फोल्डेबल लाइनअपमा सबैभन्दा पातलो, हलुका र स्मार्ट एआई क्षमतायुक्त डिभाइस हुन् ।
ग्यालेक्सी जेड फोल्ड७ ले प्रिमियम डिजाइन, शक्तिशाली क्यामेरा कार्यक्षमता र अत्याधुनिक एआई फिचर सहित प्रयोगकर्तालाई फरक तहको स्मार्टफोन अनुभव दिने कम्पनीको भनाइ छ ।
यो डिभाइसले अल्ट्रा–स्मार्टफोनका रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्ले मार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्छ ।
ग्यालेक्सी जेड फ्लिप७ चाहिँ स्मार्ट एआई फिचर सहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो । यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम रहेको कम्पनीले जनाएको छ । फ्ल्यागसिप क्यामरा, एज–टु–एज फ्लेक्सविन्डो र आइकनिक डिजाइन साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउँछ ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स डिभिजन प्रमुख निर्देशक प्रणयरत्न स्थापितले भने, ‘ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको छ । ग्यालेक्सी एआई र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ ।’
यसैगरी ग्यालेक्सी जेड फ्लिप७ ले परिष्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ । अब यो स्क्रिनमा अझ धेरै विजेटहरू र एप्सहरूसँगको इन्टरेक्सन सम्भव छ—फोन खोल्नु नपरीकनै । दुई वटा क्यामराको वरिपरि रहेको बेझेल मात्र १.२५ मिलिमिटर मोटाइको छ र ४.१ इन्चको फ्लेक्सविन्डोले पूरै सतह ओगटेको छ, जसले यो स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ ।
फोन फोल्ड गरिएको अवस्थामा पनि प्रयोगकर्ताले फ्लेक्सविन्डो बाटै दैनिक काम सजिलै गर्न सक्छन्, जसले पकेटबाट झिकेर सिधै प्रयोग गर्न मिल्ने फोल्डेबल अनुभवलाई नयाँ उचाइमा पुर्याउने कम्पनीले जनाएको छ । फ्लिप७ को मुख्य क्यामरा अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटिकता दिन्छ, भने थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधार मार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको छ ।
नेपालमा यी स्मार्टफोन २५६ जीबी भेरिएन्टको प्रि–अर्डर ‘सामसङ क्याम्पेन्स् डटकम’ मा गएर २२ साउनदेखि गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रि–अर्डरका लागि दर्ता गरी ५ हजार रुपैयाँको अग्रिम भुक्तानी गरेपछि ग्राहकले ओटीपी प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले स्टोरमा नयाँ फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4