News Summary
Generated by OK AI. Editorially reviewed.- इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले सन् २०२७ देखि २०३१ सम्म नेपालसँग छोटो टी–२० अन्तर्राष्ट्रिय शृंखला राख्ने सम्भावनाबारे छलफल थालेको छ।
- नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई ठूलो टोलीसँग खेल्ने मौका आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
- नेपालका कप्तान रोहित पौडेलले इङ्ग्ल्यान्ड वा अस्ट्रेलियाजस्तो टोली नेपाल आउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हुने बताउनुभएको छ।
२८ वैशाख, काठमाडौं । इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले पुरुष टोलीको पहिलो नेपाल भ्रमणबारे छलफल थालेको छ । सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय तालिकामा नेपालसँग छोटो टी–२० अन्तर्राष्ट्रिय शृंखला राख्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकइन्फोमा प्रकाशित लेखमा उल्लेख छ ।
यो योजना सफल भए इङ्ग्ल्यान्ड नेपाल भ्रमण गर्ने सबैभन्दा ठूलो टेस्ट राष्ट्र बन्नेछ । हालसम्म कुनै पनि टेस्ट खेल्ने राष्ट्रले नेपालमा आएर औपचारिक अन्तर्राष्ट्रिय शृंखला खेलेको छैन ।
हालका वर्षमा नेपाली क्रिकेटले तीव्र प्रगति गरेको छ। गत वर्ष नेपालले वेस्ट इन्डिजलाई हराउँदै पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्ध शृंखला जितेको थियो । यसैबीच, आयरल्यान्डले पनि सन् २०२६–२७ मा नेपाल भ्रमण गर्ने तयारी गरिरहेको छ ।
यस वर्ष टी–२० विश्वकपमा नेपाल र इङ्ग्ल्यान्डबीच पहिलो पटक भेट भएको थियो, जहाँ अन्तिम बलसम्म पुगेको रोमाञ्चक खेलमा इङ्ग्ल्यान्ड विजयी भएको थियो । त्यसपछि भारतमै नेपाल क्रिकेट संघका सचिव तथा पूर्व कप्तान पारस खड्काले इङ्ग्ल्यान्ड क्रिकेट बोर्डका अधिकारीसँग भेटवार्ता गरेका थिए ।
नेपालका कप्तान रोहित पौडेलले ठूलो टोली नेपाल आउँदा नेपाली क्रिकेटलाई विश्वव्यापी बनाउन मद्दत पुग्ने बताएका छन् । उनका अनुसार इङ्ग्ल्यान्ड वा अस्ट्रेलियाजस्तो टोली नेपाल आउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हुनेछ ।
पारस खड्काले पनि नेपाली क्रिकेटलाई अहिले सबैभन्दा बढी अन्तर्राष्ट्रिय अवसर र ठूलो टोलीसँग खेल्ने मौका आवश्यक रहेको बताएका छन् । उनले यस्ता भ्रमणले नयाँ पुस्ताला-क्रिकइन्फोबाटई थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4