News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ए ले अमेरिकाविरुद्ध दोस्रो अभ्यास खेलमा ४९.५ ओभरमा २६४ रनमा अलआउट भयो।
- सन्दीप जोराले ११५ बलमा ९ चौका र ४ छक्कासहित १११ रन बनाए।
- अमेरिकाका लागि सौरभ नेत्रभल्करले ८ ओभरमा २१ रन दिएर ३ विकेट लिए।
२८ वैशाख, काठमाडौं । सन्दीप जोराको शतक मद्दतमा नेपाल ए ले अमेरिकाविरुद्धको दोस्रो अभ्यास खेलमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ए ४९.५ ओभरमा २६४ रनमा अलआउट भयो ।
जोराले ११५ बलमा ९ चौका र ४ छक्कासहित १११ रन बनाए । बसिर अहमदले ३८, मयन यादवले २४ तथा पवन सर्राफले २० रन बनाए ।
नेपाल ९७-४ को अवस्थामा हुँदादेखि जोरा र बसिर मिलेर ९९ रनको साझेदारी गरेका थिए ।
अमेरिकाका लागि सौरभ नेत्रभल्करले ८ ओभरमा २१ रन मात्र दिएर ३ विकेट लिए । जसदीप सिंह, शुभम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उगारकरले १-१ विकेट लिए ।
नेपालले यसअघि स्कटल्यान्डसँगको दुवै अभ्यास खेल जितिसकेको छ भने अमेरिकालाई पनि पहिलो अभ्यास खेलमा हराएको थियो ।
तस्वीरहरू : विकास श्रेष्ठ




प्रतिक्रिया 4