+
+
Shares

चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

आइतबार बसेको क्यान महासंघको कार्यसमितिको बैठकले अधिकारीलाई सर्वसम्मत रूपमा क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको हो । यसअघि अधिकारी क्यान महासंघको उपाध्यक्ष थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिरञ्जीवी अधिकारीलाई क्यान महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित गरियो।
  • उनीलाई 'आईसीटी एक्सिलेन्स अवार्ड २०२४' प्रदान गरिएको थियो।
  • अधिकारी साइबर सुरक्षा, नेटवर्किङ र आईटी क्षेत्रमा विशेषज्ञता राख्छन्।

५ जेठ, काठमाडौं। नेपालको सूचना तथा प्रविधि क्षेत्रमा दुई दशकभन्दा लामो योगदान दिएका साइबर सुरक्षा विशेषज्ञ तथा आईसीटी अगुवा चिरञ्जीवी अधिकारी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

क्यान महासंघका ६ जना उपाध्यक्ष मध्येबाट अधिाकरी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् । अधिकारीसँगै क्यान महासंघको कोशी प्रदेश सचिवमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन भएका छन् ।

गत वर्ष अधिकारीलाई नेपालको सूचना तथा प्रविधि क्षेत्रमा गरेको उल्लेखनीय योगदानका लागि पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबाट ‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ प्रदान गरिएको थियो। उक्त सम्मान चन्द्रलोक फाउन्डेसनद्वारा आयोजित विशेष समारोहमा प्रदान गरिएको थियो।

भरतपुर महानगरपालिका निवासी अधिकारी साइबर सुरक्षा र नेटवर्किङ क्षेत्रमा उच्च विशेषज्ञता राख्ने व्यक्तित्वको रूपमा परिचित छन्। उनले सूचना सुरक्षा, आईटी शासन, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, र सूचना सुरक्षा व्यवस्थापन प्रणालीलगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनेकौं लेख प्रकाशन गरिसकेका छन्।

उनले प्राप्त गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रमाणपत्रहरूले उनको दक्षता अझ प्रमाणित गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?