+
+
Shares

ई-सेवाको सिष्टममा समस्या, कारोबार ठप्प

ई-सेवा खोल्दा लग इन नहुने, लग इन भए पनि कारोबार नहुने लगायतका समस्या देखिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार साँझदेखि ई-सेवाको सिस्टममा समस्या देखिएको र अझै समाधान नभएको बताइएको छ।
  • अधिकारीले समस्या के कारण भएको बुझ्न नसकिएको र ह्याकिङको आशंका रहेको जानकारी दिए।
  • सिस्टममा समस्या आएपछि कारोबार ठप्प हुँदा सेवाग्राहीलाई समस्या परेको र ह्याकिङको आशंका पुष्टि भएको छ।

५ जेठ, काठमाडौं। मोबाइल वालेट सर्भिस प्रोभाइडर ई-सेवामा समस्या देखिएको छ ।

सोमबार दिउँसोबाट ई-सेवाको सिस्टममा समस्या देखिएको ई-सेवाका एक  कर्मचारीले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘ ई-सेवामा समस्या आएको हो। हामीले यसबारेमा अनुसन्धान गरिरहेका छौं। ‘

उनका अनुसार के भएर समस्या भएको भन्‍नेबारे अझै बुझ्न थाहा पाउन सकिएको छैन।

ई-सेवा खोल्दा लग इन नहुने, लग इन भए पनि कारोबार नहुनेलगायतका समस्या देखिएका छन् ।

सिस्टममा समस्या देखिएसँगै कारोबार ठप्प हुँदा सेवाग्राही भने समस्यामा परेका छन् । मोबाइल वालेटमा गरिएको कारोबार देखाएको छैन ।

एफ वान सफ्टले निर्माण गरेको ई-सेवामा समस्या आएपछि ह्याकिङ भएकोसमेत आशंका गरिएको छ । ६  महिनाअघि एफ वान सफ्टको बैङ्क खाता नै ह्याक भएको थियो । कम्पनीले सिटिजन्स बैंकमा राखेको रकम ह्याकरले झिकेर लगेको थियो ।

ह्याकरको समूहले एफ वान सफ्टको अन्य सिस्टममा पनि प्रवेश पाएको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?