News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बालेन शाहले बैठक छोडेर हिंड्नुप्रति आपत्ति जनाएको छ।
- एमाले सांसद गुरु बरालले प्रधानमन्त्रीको नीति तथा कार्यक्रमप्रतिको स्वामित्व के हो भन्दै प्रश्न उठाएका छन्।
- बरालले बैठकको सुरुको १५ मिनेटमा प्रधानमन्त्रीले के गरिरहेका थिए भन्ने रेकर्ड हटाउन सभामुखसमक्ष माग गरेका छन्।
२८ वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहले बैठक छोडेर हिंडेकोप्रति आपत्ति जनाएको छ ।
आजै बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर हिंडेका थिए ।
उनले बीचमै छाडेर हिंड्नुप्रति आपत्ति जनाउँदै एमालेका सांसद गुरु बरालले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको स्वामित्व के हुने भन्दै प्रश्न गरे ।
‘राष्ट्रपतिज्यूले नीति र कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । देशको प्रधानमन्त्रीज्यू जसले यो टेबुल गर्ने प्रक्रियामा हुनुहुन्थ्यो । उहाँले बीचैमा बहिष्कार गरेर हिंड्नुभएको हामीले देख्यौं,’ सांसद बरालले भने, ‘यसले यो नीति र कार्यक्रमप्रतिको उहाँको अनरसिप (स्वामित्व) के हो ? यो संसद्ले बुझ्न चाहन्छ ।’
साथै, बैठक चलेको सुरुको १५ मिनेटसम्म प्रधानमन्त्री बालेनले के गरिरहेको ? भन्दै उनले प्रश्न पनि गरे । उनले सुरुको १५ मिनेट रेकर्डबाट हटाउन पनि सभामुखसमक्ष माग गरे ।
‘बैठक चलिरहेको छ । बैठकमा निश्चित मर्यादा हुन्छन् । राष्ट्रपतिज्यूलेका सम्बोधनको करिब १५ मिनेट फ्रन्ट लाइनमा बसेर के संवाद र छलफल गरिरहनुभएको थियो ?,’ उनले भने, ‘यो संसदीय मर्यादाले नसुहाउने कुरा भएकाले त्यो रेकर्डबाट डिलिट गरियो भने पछिका लागि नजिर बस्नेछ ।’
प्रतिक्रिया 4