+
+
Shares

एमालेले भन्यो– न्यायपालिका प्रमुख प्रधानमन्त्रीको तजबिजबाट निर्धारण हुने खतरनाक भाष्य स्थापना हुँदैछ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रधानमन्त्रीको तजबिजले न्यायपालिकाको प्रमुख निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ।
  • एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेशले प्रधानन्यायाधीश सिफारिसको स्थापित मान्यताको धज्जी उडाएको टिप्पणी गरिन्।
  • उनले संसद आह्वान भइसकेपछि स्थगन गर्दै अध्यादेश ल्याउनु सरकारको कायरताको प्रमाण भएको प्रश्न गरिन्।

२८ वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडाएको टिप्पणी गरिन् ।

‘न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले होइन, प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य सिर्जना गरिंदैछ,’ उनले भनिन् ।

सरकारलाई प्रश्न गर्दै आफ्ना निर्णयमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण अध्यादेश हो ? भन्दै प्रश्न समेत गरिन् ।

‘संसद् आह्वान भइसकेपछि त्यसलाई स्थगन गर्दै अध्यादेश ल्याउन सरकार आफ्ना निर्णयमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण हो ? यो अध्यादेशको शृङ्खला यतिमै रोकिन्न,’ उनले भनिन्, ‘अध्यादेशको कार्यान्वयनसँगै प्रधानन्यायाधीश सिफारिस जसरी गरियो, त्यसले इतिहासमै पहिलोपटक स्थापित मान्यताको धज्जी उडाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?