+
+

एफवान सफ्टको सिस्टम ह्याक : सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड चोरी, विदेश पुग्यो रकम

एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्गस्थित शाखामा खोलेको खाताबाट सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट ३ करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ पुष १९ गते २१:५५

१९ पुस, काठमाडौं। एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरी भएको खुलेको छ ।

सिटिजन्स बैंकको सफ्टवेयर पनि एफ वान सफ्टले नै निर्माण गरेको थियो। त्यसपछि एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्ग स्थित शाखामा खाता खोलेको थियो। उक्त सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हाे ।

यो चोरी प्रकरणमा २४ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर भएको छ। यो प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय साइबर ब्यूरोले गरेको थियो। प्रतिवादी बनाइएका २४ जनामध्ये नाैजना पक्राउ गर्न सफल भएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा ललितपुरको त्रिगुण रत्न बज्रचार्य, सिरहाका राहुल ठाकुर, सिरहाकै पुरुषोतम साह, सप्तरीका कृष्णरमण राउत, सप्तरीकै संजिवकुमार शर्मा, उदयपुरका कमल थापा मगर, उदयपुरकै दीपक थापा मगर, सुनसरीका सन्देश राई र सुनसरीकै सागरकुमार साह छन् । बाँकी १५ जना भने फरार छन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको एसपी अवस्थीले बताए। ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको एक अनुसन्धान अधिकृतले बताए ।

साइबर ब्यूरो स्रोतका अनुसार अनुसन्धानका क्रममा ह्याकमा युकेको ‘आईपी एड्रेस’ देखिएको छ । यद्यपि, ह्याकरको समूहले अन्य ठाउँहरूबाटै ह्याक गरेर ‘आईपी एड्रेस’ फरक ठाउँका राखेको हुनसक्ने आशंका पनि गरिएको छ ।

२४ जनाको खातामा रकम ट्रान्सफर गरेपछि त्यहाँबाट दोस्रो लेअरमा करिब ५ सय जनाको बैंक खाता प्रयोग गरिएको खुलेको एसपी अवस्थी बताउँछन् । विभिन्न लेअरमा बसेर ह्याकरको समूहले नेपालीलाई प्रयोग गरेर रकम बाहिर लगेको भेटिएको छ ।

१ अक्टोबर २०२४ देखि ४ अक्टोबर २०२४ सम्म पटक-पटक ह्याक गरेर एफ वान सफ्टको खाताको रकम निकालिएको थियो। पक्राउ परेकाहरूले आफ्नो खाता प्रयोग गरे वापत केही रकम बुझेको देखिएको साइबर ब्यूरोले जनाएको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?