News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद रजनी श्रेष्ठले खेल क्षेत्रलाई विद्यालयमा अनिवार्य गर्न र खेलाडीलाई बीमा रोजगारको ग्यारेन्टी दिन माग गरिन्।
- उनले खेलाडीको पीडा राज्यले कहिल्यै नबुझेको र युवाहरू विदेश पलायन हुन बाध्य भएको बताइन्।
- खेल क्षेत्रमा राजनीतिकरण र आबद्धतावाद बन्द गर्न र पर्याप्त पूर्वाधार र पुरस्कार सुनिश्चित गर्न उनले आग्रह गरिन्।
२९ वैशाख, काठमाडौं । रास्वपा सांसद रजनी श्रेष्ठले खेल क्षेत्रलाई विद्यालयमा अनिवार्य गर्न माग गरेकी छिन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा उनले कहिले पनि राज्यले खेलाडीको पीडा नबुझेको भन्दै आपत्ति जनाइन् ।
‘म यो सदनमा केवल सांसद भएर होइन, एउटा खेलाडीको मन बोकेर उभिएको छ । देशको लागि पसिना बगाउने खेलाडी आज विदेश पलायन हुन बाध्य भएका छन् । हामीले ताली बजायौं तर उनीहरूको पीडा कहिल्यै बुझेनौं,’ उनले भनिन् ।
पर्याप्य पूर्वाधार, समयमा पुरस्कार र भविष्यको सुनश्चितता नहुँदा युवाहरू विदेशिएको उनको भनाइ छ ।
‘यदि युवाहरू कुलतमा होइन देश निर्माणमा लागून् भन्ने हो भने खेल क्षेत्रलाई विद्यालयमा अनिवार्य गरियोस् । खेलाडीलाई बीमा रोजगारको ग्यारेन्टी दिइयोस् । खेल क्षेत्रमा राजनीतिकरण र आबद्धतावादलाई बन्द गरियोस्,’ उनले भनिन् ।
प्रतिक्रिया 4