+
+
Shares

कोटेश्वरको होटल ए वान क्याफेलाई २ लाख ५ हजार जरिबाना

वाणिज्य विभागले गरेको अनुगमन क्रममा होटल ए वान क्याफेले भान्सामा म्याद गुज्रिएका खाद्य वस्तुहरू प्रयोग गरेको पाइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं कोटेश्वरस्थित होटल ए वान क्याफे एन्ड भेन्युलाई म्याद गुज्रिएका खाद्य वस्तु प्रयोग गरेको भेटिएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • अनुगमन क्रममा होटलको भान्सामा सिङसुङ डार्क सोया सस, किकुमेन सोया सस र किलोय नामका म्याद गुज्रिएका सामग्रीहरू ग्राहकलाई खुवाइने परिकार बनाउन प्रयोग भइरहेको पाइएको छ।
  • विभागले काठमाडौं महानगरपालिका–३२ र ३५ मा रहेका ४४ वटा उद्योग तथा व्यावसायिक फर्म अनुगमन गरी होटल ए वान बाहेक अन्य ४३ फर्मलाई सामान्य निर्देशन दिएको छ।

२९ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं कोटेश्वरस्थित होटल ए वान क्याफे एन्ड भेन्युलाई जरिबाना तिराएको छ ।

विभागले सोमबार गरेको बजार अनुगमन क्रममा उक्त होटलले उपभोक्ता संरक्षण ऐन प्रतिकूल कार्य गरेको भेटिएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको हो ।

अनुगमन क्रममा होटल ए वान क्याफेले भान्सामा म्याद गुज्रिएका खाद्य वस्तुहरू प्रयोग गरेको पाइएको थियो ।

विभागका अनुसार होटलको भान्सामा सिङसुङ डार्क सोया सस, किकुमेन सोया सस र किलोय नामका सामग्रीहरू म्याद गुज्रिएका अवस्थामा भेटिएका थिए । ती सामग्री ग्राहकलाई खुवाइने परिकार बनाउन प्रयोग भइरहेको पाइएको थियो ।

उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ ९२० को उपदफा (क) बमोजिम उक्त होटललाई तत्कालै २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागले सोमबार काठमाडौं महानगरपालिका-३२ (कोटेश्वर क्षेत्र) मा रहेका विभिन्न ४४ वटा उद्योग तथा व्यावसायिक फर्म अनुगमन गरेको थियो ।

अनुगमन क्रममा होटल ए वान बाहेक अन्य ४३ वटा फर्महरूलाई भने सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

सामान्य निर्देशन दिइएका फर्महरूमा विभिन्न फेन्सी स्टोर, मोबाइल पसल, चस्मा घर तथा आँखा क्लिनिक, बेकरी उद्योग र खाजा घर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?