+
+
Shares

उपभोक्ता ठग्ने तीन पसललाई जरिबाना, २० लाई सामान्य निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका २३ पसल तथा फर्ममाथि अनुगमन गरी तीनलाई जरिबाना तिराएको छ।
  • काठमाडौं महानगरपालिका–३१ शंखमुलस्थित सिइजलाई १० हजार जरिबाना गरिएको छ भने काठमाडौं–३२ सहयोगीमार्गस्थित सत साहेब कस्मेटिक स्टोर र काठमाडौं–१० बानेश्वरको चाँद ब्युटी कलेक्सन सेन्टरलाई जनही १० हजार जरिबाना तिराइएको छ।
  • ललितपुर सादोबाटोस्थित लाइफ स्टाइल एपेरियल्स प्राइभेट लिमिटेडलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

२५ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कानुनविपरीत काम गरेको पाएपछि तीनवटा व्यावसायिक फर्मलाई जरिबाना गरेको छ ।

विभागले शुक्रबार काठमाडौं र ललितपुरका गरी २३ वटा पसल तथा फर्ममाथि अनुगमन गरेकोमा तीनलाई नगद जरिबाना तिराइएको छ ।

विभागका अनुसार काठमाडौं महानगरपालिका–३१ शंखमुलमा रहेको सिइजलाई १० हजार जरिबाना गरिएको छ । यसैगरी, काठमाडौं–३२ सहयोगीमार्गस्थित सत साहेब कस्मेटिक स्टोर र काठमाडौं–१०, बानेश्वरमा रहेको चाँद ब्युटी कलेक्सन सेन्टरलाई जनही १०–१० हजार रुपैयाँका दरले जरिबाना तिराइएको छ ।

साथै, विभागले ललितपुरको सादोबाटोस्थित लाइफ स्टाइल एपेरियल्स प्राइभेट लिमिटेडलाई भने व्यवसायसँग सम्बन्धित दर्ता, इजाजत, करचुक्ता, खरिद बिक्री बिलजस्ता कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

अन्य २० वटा पसल तथा फर्महरूलाई सामान्य निर्देशन दिइएको छ । जसमा मार्ट, सप्लायर्स, कस्मेटिक पसल, किराना स्टोर र ट्रेडिङ कम्पनीहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?