+
+
Shares

बेस्ट सपिङ सेन्टर र कान्तिपुर क्याफेलाई ४ लाख १० हजार जरिबाना

अनुगमनमा कैफियत भेटिएपछि ठमेलको बेस्ट सपिङ सेन्टर प्रालि र त्रिभुवन विमानस्थल क्षेत्रको कान्तिपुर क्याफेलाई जनही २ लाख ५ हजारका दरले जरिबाना तिराइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका दुई व्यावसायिक फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ को उल्लंघनमा ४ लाख १० हजार रुपैयाँ जरिवाना तिराएको छ।
  • ठमेलस्थित बेस्ट सपिङ सेन्टर प्रालि र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको कान्तिपुर क्याफेलाई जनही २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ।
  • विभागले ठमेल, विमानस्थल, मैतीदेवी क्षेत्रमा ४७ वटा उद्योग तथा फर्म अनुगमन गरी अन्य ४३ फर्मलाई सुधारका लागि निर्देशन दिएको छ।

१४ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका काठमाडौंका दुई व्यावसायिक फर्मलाई ४ लाख १० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले सोमबार गरेको अनुगमन क्रममा ठमेलस्थित बेस्ट सपिङ सेन्टर प्रालि र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित कान्तिपुर क्याफेलाई जनही २ लाख ५ हजार रुपैयाँका दरले जरिबाना तिराएको हो ।

ती फर्मले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

अनुगमन क्रममा ठमेलमा रहेका हेभन ह्यान्डिक्राफ्ट र गुडलक ट्रेकिङ सपलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले सोमबार काठमाडौंका ठमेल, विमानस्थल, मैतीदेवी लगायत क्षेत्रमा रहेका कुल ४७ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

अनुगमन गरिएका अन्य ४३ फर्मलाई भने सुधारका लागि सामान्य निर्देशन दिइएको छ । जसमा पश्मिना पसल, हस्तकला, ट्रेकिङ सामग्री पसल, होटल तथा रेस्टुरेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?