२८ वैशाख, काठमाडौं । श्रंखलाबद्ध चोरीका घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका–३ का २७ वर्षीय रमेश कुमार तामाङ र काठमाडौं ९ घर भएका २९ वर्षीय प्रभात सिंह प्रधान छन् ।
उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । उनीहरुले रानिवन र सानोभ¥याङ क्षेत्रमा श्रंखलाबद्ध रुपमा चोरी गरेको आरोप छ ।
उनीहरुबाट चोरीका मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागु औषध, नगद १ लाख ३५ हजारलगायत बरामद गरेको छ । पक्राउ परेका मध्ये तामाङ लागु औषधको कसुरमा फरार व्यक्ति रहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4