+
+
Shares

३७ पटक मुद्दा चलेका व्यक्ति चोरी आरोपमा पक्राउ

३७ पटक मुद्दा चलिसकेका व्यक्ति फेरि पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँ ऋषिङ गाउँपालिका-५ रामजाकोट घर भई काठमाडौं महानगरपालिका-३ टोखा बस्ने सन्तोष रानाभाट सुनचाँदी चोरीको आरोपमा पक्राउ परेका छन्।
  • उनी ०६१ सालदेखि विभिन्न अपराधमा संलग्न छन् र ३७ वटा मुद्दा दर्ता भइसकेका छन्।
  • पक्राउ परेका मध्ये २२ वटा अभद्र, १३ वटा चोरी, १ वटा हातहतियार खरखजना र १ वटा लागुऔषध मुद्दा छन्।

१५ वैशाख, काठमाडौं । ३७ पटक मुद्दा चलिसकेका व्यक्ति फेरि पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति तनहुँ ऋषिङ गाउँपालिका-५ रामजाकोट घर भई हाल काठमाडौं महानगरपालिका-३ टोखाः बस्ने सन्तोष रानाभाट छन् ।

उनी यसपटक सुनचाँदी चोरेको आरोपमा पक्राउ परेका हुन् । काठमाडौंको कालोपुलस्थित एक घर फुटाएर सुनचाँदीका गहना चोरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी ०६१ सालदेखि विभिन्न अपराधमा जोडिएको प्रहरीको भनाइ छ । उनीमाथि हालसम्म ३७ वटा मुद्दा दर्ता भइसकेको यीमध्ये २२ वटा अभद्र मुद्दा, १३ वटा चोरी मुद्दा, हातहतियार खरखजना मुद्दा १ वटा, लागुऔषध मुद्दा १ वटा दर्ता भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?