+
+
Shares

२६ तोला सुन चोरीको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १८:२०
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २६ तोला सुन चोरीको आरोपमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ का उपेन्द्र खत्री र कैलाली गौरीगंगा नगरपालिका–२ का निजर सापकोटा पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ चैतमा कालोपुलको घरबाट २६ तोला ८ आना र ३३ हजार मूल्यका चाँदीका गरगहना चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।
  • पक्राउ परेका व्यक्तिहरूबाट चोरीका सुनचाँदीका गरगहना, खुकुरी, रड, तरबार, स्कुटर र नगद २ लाख ४९ हजार रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ।

८ चैत, काठमाडौं । २६ तोला सुन चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ का २३ वर्षीय उपेन्द्र खत्री र कैलालीको गौरीगंगा नगरपालिका–२ का २६ वर्षीय निजर सापकोटा छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । ६ चैतमा कालोपुलको एक घरबाट उनीहरुले २६ तोला ८ आना र ३३ हजार मूल्यका चाँदीका गरगहना चोरी गरेको आरोप छ ।

उनीहरुबाट चोरीका सुनचाँदीका गरगहना बरामद भएको प्रहरीले बताएको छ । साथै चोरी गर्न जाँदा प्रयोग भएका खुकुरी, रड, तरबार, स्कुटर  पनि बरामद भएको छ । नगद २ लाख ४९ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले बताएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?