News Summary
Generated by OK AI. Editorially reviewed.- कतारको रक्षा मन्त्रालयले सेनाको हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जनाएको छ।
- कतारी सेनाको हेलिकप्टर प्राविधिक गडबडिका कारण आइतबार बिहान देशको जलक्षेत्रमा दुर्घटनामा परेको हो।
- कतारको रक्षा मन्त्रालयले हेलिकप्टर दुर्घटना इरान युद्धसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ।
काठमाडौं । कतारको रक्षा मन्त्रालयले सेनाको हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जनाएको छ।
मध्यपूर्वमा तनाव जारी रहेका बेला कतारी सैन्य हेलिकप्टर देशको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
नियमित ड्युटीमा रहेको सेनाको हेलिकप्टर प्राविधिक गडबडीका कारण आइतबार बिहान दुर्घटनामा परेको जनाएकङ्को छ ।
‘खोज अभियानमा सात जनामध्ये छ जना फेला परेका छन्,’ कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी विज्ञप्तिमा भनेको छ।
मन्त्रालयले कतारी सशस्त्र बलका हिस्सा रहेका क्याप्टेन (पाइलट) सइद नासेर समेखको खोजी जारी रहेको जनाएको छ।
पछिल्लो हप्ता इरानी आक्रमणबाट कतार प्रभावित हुँदै आएको छ । गत हप्ता इरानले कतारको मुख्य ग्यास प्लान्टलाई निशाना बनाएको थियो।
आइतबारको हेलिकप्टर दुर्घटना इरान युद्धसँग कुनै सम्बन्ध नभएको कतारको रक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4